ghar sansar

बेल्डाँडीमा यति उपेक्षित छन् उपाध्यक्ष

dirghayu ad
janjyoti campus

शान्ति नाथ
उपाध्यक्ष, बेल्डाँडी गाउँपालिका

महेन्द्रनगर । जहाँसम्म चाबी खोसेर मार्ने धम्की दियो भन्ने म त्यसबारे तपाईहरुलाई स्पष्ट पार्न चाहन्छु । यो गाडी विदाको दिन पनि गाउँपालिकामा रहनु प¥यो । मलामी बोक्न यो गाडी प्रयोग हुन्छ , घैटा फुटाएको ठाउँमा देखिन्छ । हिजो रातिसम्म यो गाडीको दैजीको होटेलमा थियो । अस्ति मात्रै डोके बजारमा थियो । यस हिसाबले यो सरकारी गाडी चौबिसै घण्टा दुरुपयोग भइ रहेको छ भनेर मैले चाबी थुतेकी हुँ । इन्धन र मर्मत खर्च उपलब्ध गराउन भनेकी छु । त्यो खर्च दिएपछि तपाईहरु सबैलाई देखाउने छु । त्यसबाट तपाईहरु आफैै थाह पाइ हाल्नु हुनेछ । मलाई ९ हजार मासिक इन्धन खर्च भनेर दिएको छ । मैले स्कुटी किनेकी छु, त्यसका लागि इन्धन दिएको हो । गाडी चलाउनलाई हो, चलाउनका लागि नै त हो । बढी दुरुपयोग भयो, बढी दुरुपयोग भएको छ । तपाईहरु आफैं हेर्न होला ।

western public academy

विहान ७ बजेदेखि राति १२ बजेसम्म चल्ने गरेको छ । जनताको काम गर्ने भनेर आएका हौं । यो गाडी जनताको काममा प्रयोग हुनु पर्छ । त्यसैले मैले चाबी समातेर राखेकी छु । यो गाडी बाहेक गाउँपालिकामा रोलर, ट्रिपर पनि छन् । चबन्नी बजारका घर तोडफोडमा प्रयोग गरिए । त्यहाँ पनि त्यस्तै दुरुपयोग भएका छन् । घाँस काटेर गाडीमा बोकेकै छ । कसैका श्रीमतिलाई बोक्न प्रयोग भएको छ ।

अब यो चाबी हाकिमलाई बुझाउँछु । कार्यालय समयभित्र साँझ ५ बजे यो गाडी कार्यालयमा हुनु पर्छ । यहाँ गाडी मात्रै होइन दुरुपयोग अन्य काममा पनि त्यस्तै भएको छ । भूमि जग्गा नाप जाँचको काम दोस्रो पटक हुँदैछ । पहिलो पटक के कति खर्च भयो, त्यसको हिसाब किताब के हुन्छ । एक पटक नाप जाँच भएको काममा फेरि खर्च गर्न लागिएको छ । चबन्नी बजार बाटोमा त्यसै गरी विवाद झिकियो । १२ मिटर बाटोलाई जबरजस्ती ४० मिटर भनेर विवादमा पारियो । चवन्नी बजारको पिच तोडिएको छ । त्यसलाई अनदेखा गरी गढाकछोप गर्ने प्रयास गरिएको छ । यो जनताले तिरेको कर पैसा हो । यो पनि दुरुपयोग भएको छ ।

म जनताको मत पाएर उपाध्यक्ष निर्वाचित भएको तीन वर्ष पुगेको छ । कार्यपालिका बैठक बस्छ । राति फोन आउँछ । प्रशासनका कर्मचारीले फोन गरी भोलि कार्यपालिका छ आइ दिनु प¥यो भन्छन् । एजेण्डा के हो भनेर थाह छैन भन्छन् । कार्यपालिका बैठक भनेपछि जानु नै प¥यो । मलाई बैठकका एजेण्डा के हुन भन्ने थाह नै हुँदैन । म जस्तै अन्य कार्यपालिका सदस्यलाई पनि थाह नहोला । बैठक सुरु भएपछि एजेण्डा आउँछ । त्यहाँ फटाफट एजेण्डा बनाएर निर्णय गराइन्छ । दुई पटकका निर्णयमा नोट अफ डिसेन्ट गरेकी छु ।

कार्यपालिका निर्णय पनि मलाई दिँदैन । प्रशासनलाई निर्णय दिनु भन्छु । हाकिमलाई साप माग्नु भन्छ । कति पटक माग्ने हो । अध्यक्षको कार्यकक्षमा कार्यपालिका बस्छ । त्यहाँ मेरो लागि बस्ने कुुर्सीको छुट्टै व्यवस्था छैन । अन्य सदस्यहरुसंगै बैठकमा बस्छु ।

अहिले यहाँका विद्यालयलाई डाउन साइज गरेको छ । शिक्षक घर बस्नु पर्ने अवस्था खडा गरिएको छ । विद्यालयमा विषयगत शिक्षक छैन अवस्था डामाडोल छ ।

विगतमा मिडियालाई खुवाएको रहेछ । तीन मिडियाले ४५ लाख खाएको छ । यो बेथिति रोक्न प्रयास गरे । त्यसपछि ममाथि प्रहार भई रहेको छ । १० लाखको एग्रिमेन्ट गर्न आएका थिए । मैले हुँदैन भनेपछि भएन ।

गाउँपालिकामा ढल निकासका समस्या छ । भूमिका समस्या छन् । सडक, सिँचाईका समस्या छन् । यी समस्याबारे लेखी दिनु प¥यो भन्दा मतलब छैन ।

गाउँपालिकाको न्यायिक समितिमा हालसम्म १ सय ४६ मुद्दा आएका छन् । दुबै पक्ष खुसीराजी भएर मिलापत्र गरिएको छ । न्यायिक समितिलाई वर्षभरि २ लाख ५० हजार मात्रै बजेट छ । गाउँपालिकाका कानुनी सल्लाहकारले मुद्दा निरुपण सहयोग गर्नु हुन्छ । न्यायिक समितिमा आएका मुद्दाहरुमा सबैभन्दा बढी जग्गा सम्बन्धित छन् । जग्गा नाप जाँचका कारण पनि जग्गा विवादका बढी मुद्दा आएका होलान । जग्गापछि घरेलु हिंसाका मुद्दा छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उपाध्यक्षलाई विकास निर्माण कार्य अनुगमन गर्ने अधिकार दिएको छ । त्यस आधारमा मैले गाउँपालिका भित्रको विकास निर्माण अनुगमन गर्छु । अनुगमन प्रतिवेदन विना भुक्तानी दिने गरिन्छ ।

खैरीघाटतिरको हो, डेढ करोडको काम थियो । डेढ करोड ठेक्कामा एक करोड ३० लाख भुक्तानी दिइएको छ । यसको अनुगमनमा केही कुरा उठेका थिए । तर मसित सल्लाह नगरी भुक्तानी दिइयो ।

हालसम्म मलाई कार्य वाहक अध्यक्षको जिम्मेवारी दिइएको छैन । अध्यक्षले किन दिँदैनन् मलाई थाह भएन । मलाई यति थाह छ मलाई यी तीन वर्षमा एक पटक पनि कार्य वाहकको जिम्मेवारी दिइएको छैन ।

(बेलडाँडी उपाध्यक्ष नाथले २०८२ भदौ ३ गते आफ्नै कार्यकक्षमा गरेको पत्रकार सम्मेलनमा व्यक्त गरेका धारणामा आधारित) )

Himal dental
सम्बन्धित
Loading...