ghar sansar

तीन अर्ब पुग्नै लाग्यो उदयदेब बहुउद्देश्यीय सहकारीको सम्पत्ति

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको सम्पत्ति तीन अर्ब नजिक पुगेको छ । संस्थाले प्रकाशन गरेको साउन मसान्तको विवरण अनुसार संस्थाको कुल सम्पत्ति २ अर्ब ८१ करोड ६ लाख २२ हजार पुगेको छ ।

संस्थाको असार मसान्तमा २ अर्ब ७१ करोड ९० लाख ५५ हजार ३५८ रुपैंयाँ रहेको थियो । संस्थामा २६ हजार २ सय ८६ जना सदस्य तथा ८ हजार २ सय ६४ जना ऋणी सदस्य छन् ।

western public academy

संस्थामा २२ करोड ३२ लाख ६५ हजार ४०० रुपैंयाँ सेयर पूँजी तथा २१ करोड ७३ लाख २२ हजार ९ सय १२ रुपैंया जगेडा कोष र अन्य कोषमा ३ करोड ८० लाख ८२ हजार ५ सय ४१ रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थामा २ अर्ब १ करोड ७२ लाख ८७ हजार ५ सय ५६ रुपैंयाँ बचत तथा १ अर्ब ६२ करोड ८९ लाख ९ हजार २५६ ऋण लगानीमा रहेको जनाइएको छ ।

संस्थाको संस्थागत पूँजी २२ करोड ८२ लाख ६१ हजार ५९५ रहेको छ भने संस्थामा ५३.५६ प्रतिशत तरलता, ८.१२ प्रतिशत संस्थागत पूँजीकोष र २३.२४ प्रतिशत प्राथमिक पूँजीकोष रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले जानकारी दिएका छन् ।

केही समय अघि बचत तथा ऋण लगानीमा ब्याजदर परिवर्तन पनि गरेको छ । संस्थाले बचत तर्फ मुद्धति बचत एक वर्ष अवधिमा प्रदान गर्दैआएको ७.५० लाई ७ प्रतिशत, मुद्धती बचत एक वर्ष मुनिकोमा ७ बाट ६.५० प्रतिशत र जेष्ट नागरिक तथा बाल बचत ७ बाट ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यसैगरी कर्जा तर्फ अनुत्पादक कर्जामा लिंदैआएको १४ बाट १३.५० प्रतिशत, लघु वित्त, ब्यापार ब्यवसाय कर्जा १२ प्रतिशत कायम गरेको छ भने नयाँ सरल उद्यमी कर्जा थप गरी ९.७५ प्रतिशत कायम गरेको प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिएका छन् ।

संस्थाका दैजी, झलारी, कृष्णपुर, बेलौरी, चाँदनी दोधारा, धनगढी, अत्तरिया, डढेल्धुरा र बैतडीमा सदस्य सेवा केन्द्र छन् ।

साभार : सहकारी अखबार

Himal dental
सम्बन्धित
Loading...