ghar sansar

एमालेमा मौलाएको चाकडी

little buddha academy
khasi

–हरि प्रसाद जोशी

कन्चनपुर जिल्लामा नेकपा एमाले को प्रथम जिल्ला अधिवेशन २०४९ बाट निर्वाचित जिल्ला कमिटी सदस्य र कार्यालय सचिव को जिम्मेवारी देखि आजका दिनसम्म नेताको ब्यक्तिगत चाकडी गरिएन ।संगठन हो कार्यकर्ताको मुल्यांकनगरि जिम्मेवारी दिइन्छ भन्ने दृष्टिकोण राखेर पार्टी का पझमा निरन्तर काम गरिएको छ।दस बर्ष बिद्यार्थी राजनीति र २०४९ पछि पार्टी सदस्यता गरि निरन्तरताका ४३ बर्षमा धेरै उतार चढाव देखिए । नेताको हात समातेर सिधै केन्द्रीय सदस्य,पोलिट ब्युरो देखि पदाधिकारी सम्म पुगेकाहरु जनाधार शुन्य छ ।

,orning glory badhai

वडामा जित्न र जिताउन न सक्नेहरु समानुपातिक तर्फ को पार्टी सिटबाट राज्य सत्ताका संचालक बन्न पुगेका छन्। पार्टीबाट प्राप्त पद र पावरको दुरुपयोग गरिरहेका छन् । समानुपातिक सिट को मर्म र भावना बिरुद्ध सिट बाँडफाँड भएका छन। मिसन ८४ ,एकल बहुमत कसरी भन्ने योजनाको सट्टा जनाधार शुन्य भएकाहरु बाट आदेश जारी हुने गरेको छ।नेकपा (एमाले) भित्र हाल देखिएको प्रवृत्ति गम्भीर चिन्ताको विषय बन्दै गएको छ । पार्टीका कतिपय पदाधिकारी र केन्द्रीय नेताहरू आफ्नै वडामा समेत जिताउन न सक्ने अवस्थामा छन्, तर पदमा टिकिरहन माथि माथि नेता चाकडी गर्ने प्रवृत्ति मौलाएको आरोप स्वयं नेताहरुबाटै खुलेर आउने अवस्था देखिन्छ। यसले पार्टीको संगठनात्मक कमजोरी मात्र होइन, जनतासँगको सम्बन्ध कमजोर भएको स्पष्ट संकेत गर्दछ ।

dirghayi clinic

चुनावमा “म मेरो वडा जिताउँछु” भन्ने नारासहित जनतालाई भरोसा दिलाउने एमालेको दाबी चुनावी परिणाममा खण्डित भएको छ । ८० प्रतिशतभन्दा बढी वडामा संगठन भएको दाबी गरिए पनि व्यवहारमा जनप्रतिनिधिहरू जनतासँग जोडिन नसक्दा परिणाम उल्टो भएको हो। यसले देखाउँछ कि पार्टीको वास्तविक बल संगठनभन्दा माथिल्लो तहका नेताहरूको पदप्राप्ति, चाकडी र सत्तासुविधामा सीमित हुँदै गएको छ ।

कम्युनिस्ट पार्टी भनेको विचार, संगठन र जनतासँगको बलमा टिक्ने हो । तर अहिले एमालेमा विचारभन्दा बढी अवसरवाद र संगठनभन्दा बढी पदको खेल चलिरहेको छ । यसैले पार्टी कार्यकर्ता धागो चुँडिएको चङ्गाजस्तो छटपटीमा देखिन्छन् भने जनता पार्टीप्रति आस्था गुमाउँदै गएका छन् ।

नेता शासक र कार्यकर्ता शासितको अवस्था बन्नु भनेको पार्टीको भित्री लोकतन्त्रलाई कमजोर बनाउनु हो। पार्टीभित्र आलोचना–आत्मआलोचनाको संस्कृतिको सट्टा चाकडी र नेतृत्वको महिमा गाउने प्रवृत्ति बढ्दा संगठन कमजोर हुने कुरा नयाँ होइन । यसलाई सम्बोधन नगरेसम्म एमालेले आफूलाई जनपक्षीय संगठनको रूपमा पुनःस्थापित गर्न गाह्रो हुनेछ ।

त्यसैले अहिले एमालेका लागि मुख्य कार्य भनेको संगठनात्मक पुनरावलोकन, विचारगत स्पष्टता, नेताहरूको जवाफदेहिता र कार्यकर्ताहरूलाई वास्तविक भूमिकामा सहभागी गराउने हो । जनताको मत र विश्वास जित्न नसक्ने नेताले माथि पदमा बसिरहनु भनेको पार्टीलाई अझै कमजोर बनाउने मार्ग हो । निष्कर्षमा भन्नु पर्दा, एमालेले समयमै यो प्रवृत्तिलाई सुधार्न सकेन भने, संगठनमा देखिएको “चङ्गा जस्तो चुँडिएको अवस्था” अझ गहिरो संकटतिर धकेलिनेछ।बेलैमा सच्चिन जरुरी छ ।

साभार : सार्थक अनलाइन

Himal dental
सम्बन्धित
Loading...