ghar sansar

कञ्चनपुर सदरमुकामका यी ठाउँमा भयो आगजनी र तोडफोड

khasi

महेन्द्रनगर । जेएनजी आन्दोलनकारीले महेन्द्रनगर सदरमुकाममा सत्तारुढ काँग्रेस एमालेका जनप्रतिनिधि र नेताहरुको घरमा आगजानी र तोडफोड गरेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका ८ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ ।

Anant bahu travels

भीमदत्त नगरपालिका ६ ऐंठपुरस्थित सुदूरपश्चिम सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको घरमा आगजनी गरिएको छ ।

सुदूरपश्चिम सरकारका पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलको खैरेनीस्थित घरमा पनि आगजनी र तोडफोड गरिएको छ ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशीको घरमा तोडफोड गरिएको छ । बोगटीमा उल्टाखाम र उप मेयरको जानकी टोलस्थित घरमा तोडफोड गरिएको छ ।

dirghayi clinic

भीमदत्त नगरपालिका निवर्तमान मेयर सुरेन्द्र विष्टको घरमा पनि तोडफोड गरिएको छ ।
सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालको भीमदत्त नगरपालिका १८ सालघारीस्थित घरमा तोडफोड र आगजनी गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतको जानकी टोलस्थित घरमा पनि तोडफोड भएको छ । यसैगरी बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा महेन्द्रनगर बजार गल्ली नं. १ स्थित घरमा तोडफोड गरिएको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको भीनपा ४ भगतपुरस्थित घरमा तोडफोड र आगजनी गरिएको छ ।

एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पालको मेन रोडस्थित घरमा तोडफोड गरिएको छ । आन्दोलनकारीले प्रशासन कार्यालयमा आगजनी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा तोडफोड गरेका छन् ।

भीमदत्त नगरपालिकाको प्रवेशद्वारमा आगजनी गरिएको छ । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाको घरमा तोडफोड गरिएको छ । सत्तारुढ काँग्रेस र एमालेका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका कार्यालयमा ढुङ्गा प्रहार भएपछि सिसा फुटेका छन् । दोधारा चाँदनीस्थित काँग्रेस पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...