

महेन्द्रनगर । जेएन जी आन्दोलन चर्किएपछि अवस्था आएपछि सत्तारुढ एमाले काँग्रेस सहित दलका नेता कार्यकर्ताले धमाधम पार्टी छाड्न थालेका छन् । सामाजिक सञ्जालबाट नेता कार्यकर्ताले पार्टी छाड्ने घोषणा गर्न थालेका छन् ।

दोधारा चाँदनी नगरपालिकाका २ नम्बर वडा अध्यक्ष पदम सिह रावलले आफूले एमाले सदस्यता त्यागेको घोषणा गरेका छन् । काँग्रेस बेदकोट नगर समितिका सदस्य प्रदिप पालले काँग्रेस छाडेको घोषणा गरेका छन् ।

माओवादी केन्द्रका विद्यार्थी नेता हेमराज अवस्थीले पनि पार्टी छाडेको घोषणा गरेका छन् । माओवादी केन्द्रका विद्यार्थी नेता कैलाशचन्द्र गिरी अध्यक्षप्रति चर्को असन्तुष्टि पोखेका छन् ।
काँग्रेस कार्यकर्ता रमेश ठगुन्ना, , ईन्द्र विष्ट, विवेक साउदले पनि पार्टी छाडेका छन् ।
