ghar sansar

आज पनि विहान छिटफुट खुलेर फेरि बन्द भयो महेन्द्रनगर बजार 

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । विहान छिटफुट खुलेको महेन्द्रनगर बजार फेरि बन्द भएको छ । बुधबार विहान पनि बजार खुलेर त्यसपछि बन्द गरिएको थियो । शुक्रबार बिहान १० बजेसम्म खुलेको बजार सुरक्षाकर्मीले बन्द गराएका छन् ।

सेना, सशस्त्र र जनपद प्रहरीले १०ः३० बजेपछि सिठी बजाउँदै बजार बन्द गराएका छन् । बुधबार विहान अर्थात भर्दौ २४ गतेदेखि सदरमुकाम सहित जिल्लाभर निषेधाज्ञा र कफुर्य आदेश जारी छ । भदौ २४ गते निषेधाज्ञा र कफ्र्युको अवज्ञा गरी सदरमुकाम महेन्द्रनगर र आशपासका क्षेत्रमा व्यापक क्षति गरिएको छ ।

western public academy

महेन्द्रनगर बजार  र पूर्व पश्चिम राजगमार्गको तीन÷तीन किलोमिटर तथा बेलौरी, पुनर्वास, लालझाडी र बेल्डाँडी, दोधारा चाँदनी नगरपालिका क्षेत्रको बजार क्षेत्रमा निषेधाज्ञा र कफ्र्यु छ । जिल्ला प्रशासन कार्यालयका अनुसार विहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा र साँझ ७ बजेदेखि विहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको छ ।

भदौ २४ गते जेएनी आन्दोलनको क्रममा भौतिक सम्पत्ति ध्वस्त भएपछि राति १० बजेदेखि सेनाले सुरक्षा नेतृत्व दिएर देशभर निषेधाज्ञा र कफ्र्यु लगाइएको छ । निषेधाज्ञा र कफ्र्यु आदेश अवज्ञा गर्नेलाई कानुन अनुसार कारवाही गर्ने आदेश दिइएको छ । 

 

तस्बिर सौजन्य : लक्ष्मण तिवारी फेसबुक

Himal dental
सम्बन्धित
Loading...