

–केशवकुमार मलाशी
१९ जनाको निर्मम हत्या अनि सँयौको सख्ँयामा अस्पतालको बेड पनि नपाएर भुईमा छटपटाईरहेका स्वतन्त्र जेन्जी सेनानीहरुमा सर्मपित यो आलेख लेख्दै गर्दा जेन्जी पुस्ता भर्खरै पार गरेको यो ३० वर्षे युवाका हात कापिरहेका छन । तर पनि नेप्थयको चर्चित गीत गाँउगाँउबाट उठ, बस्ती बस्तीबाट उठ…. हातमा कलम हुनेहरु कलमलिएर उठ….भन्ने गीत पृष्ठभुमिमा बजाउदै पत्तिंmकार भरपुर्ण सर्मथनका साथ आन्दोलनको आत्मविश्वास बढाउन अनि राज्यलाई झकझकाउन मध्यरातमा उद्देलित भएको छ ।

विश्वमा गत डेढ दशकमा केही देशहरूमा सामाजिक सञ्जालहरू मार्फत खास गरी फेसबुक, टिकटक, ट्वीटर (एक्स), भाइबर, मेसेन्जर, इन्स्टाग्रामका साथै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट सरकार या राज्य व्यवस्थाका विरुद्ध नेतृत्व विहीन आन्दोलनहरू सफल हुदै गईरहेका छन । बंगलादेश पछिको ईन्डोनेसिया हालैको एउटा ज्यवलन्त उदाहरण हो । तर यी नै सामाजिक सञ्जाल पनि बन्द गर्ने सरकारको उल्टो अधोगतिका बाबजुत जेन्जी आन्दोलन अर्को विश्वव्यापी न्युजकभर बनेको छ ।
विधमान बेथिति, भष्टाचार, अन्याय, कुरुती, नातावाद, कृपावाद, आफनो मान्छे, भनसुन, चाकडीका विरुद्ध जेन्जी पुस्ताको स्वतस्फुर्त आन्दोलनको परिणाम निकै भयानक अनि गम्भीर हुने सँकेत देखिई सकेको छ । जेन्जी पुस्ता, जो आजको देशका पिलर हुन तीनै पिलरलाई बलियो बनाउनुको ठीक विपरित ढाल्ने पवृति अन्यन्त खेद जनक भत्र्सना योग्य छ । सत्ताको कुर्सीमा लिसो टासिएझै टासिने अनि शक्तिको चरम दुरुपयोग गर्नेहरुको यस आततायी घटनाका मुख्य अभियुक्तहरु नै हुन तीनलाई कानुनी राजको कठघरामा ल्याएर हदैसम्मको कारबाही हुनु पर्छ अन्यथा यस अपराधको क्षम्यता कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन ।
नेपालको वर्तमान सन्दर्भमा नेतृत्व विहीन या कसको र कस्तो नेतृत्व या नायकत्वमा जनविद्रोह हाँक्ने भन्ने आम चासोको विषय थियो । आज यही विषय जेन्जी पुस्ताका जनताले अन्याय, अत्याचार, अमानवीय राज्य व्यवस्थाप्रति नै विद्रोही अवस्थामा पुगेको परिस्थतीमा प्रमाणित गरि दिएका छन । बर्बरतापुर्ण दमनको विरुद्ध बुलन्दीको बिद्रोह बिस्फोटको चरणमा पुग्ने निश्चित छ। भविष्यका कर्णधार स्कुले बालबालिका देखि देशकाआधार युवा पुस्ताजेन्जीको नामले भष्टाचारको जन्जीर तोड्न आफनो ज्यानको प्रवाह नगरी अग्रपक्तिमा आएका छन यसले युवामाझ देखिएको चरम निराशा फेरि एक पटक सडक संघर्षमा देखाएको छ ।
सुशासनको सिंहदरबार गाउँ गाउँमा भन्दा पनि सिंहदरबारको भ्रष्टाचार र नेत्तृत्वको राजकीय जीवन शैलीप्रतिको विृतष्णाको बाढी बनेर बगेको छ । यस बाढीको भेलमा वेवारिसे, लापत्ता, बेपत्ता भएर को को बग्ने हुन, थाहा छैन गरिब, निमुखा, बेरोजगार र सर्वहारा वर्गको जीवनस्तरमा केही देखिने सुधार होला भन्ने अपेक्षामाथिको वर्षौको वज्रपात अब अतिनै भयो भन्दै केही अगाडि ईनफईज ईनफ भनेका युवाको पुनरावृति देखिएको छ । समाजवाद उन्मुख होइन, समाजवादमाथि ठूलो व्यंग्य गर्दै विलासितातर्फ रमाउने, पजेरोकातमासी सवारहरू साधारण जनतामाथि धुलो उडाउनेका विरुद्धको यो आवेगले आन्दोलनको अग्निमा होमिन बाध्य बनाउने निश्चित छ ।
आमजनता रजेन्जी युवा पुस्ताले विकासतिरको पथमा देश लम्कीएको, प्रत्यक्ष रूपमाआफ्नो सीप क्षमता, ज्ञानले रोजगारीमा या आयस्रोतमा या जीवनस्तर सुधारमा कुनै सकारात्मक परिवर्तन देखेको छैन । त्यसको विपरित नेताहरूको विलासितजीवनशैली, पारिवारिक लिप्तता, नातावाद, कृपावाद, राजनीतिक अदूरदर्शिता र भ्रष्टाचारबाट ठडिएका बडेमान महल, देश विदेशमा सयर अनि त्यही चिल्ला फ्रोसा बनावटी आदर्श फुक्ने नक्कली राजनीतिले जनतामाथिको भम्र अब तोडिदैछ।
एउटा आम मान्छेको अनुभुति सामान्य दुई छाक जोड्न नसक्ने जीवनशैली तर साधारण झोले कार्यकतादेखि शीर्षस्थ नेतासम्म भ्रष्टाचारमा चुर्लम्म डुबेर सात पुस्ता पुग्ने सम्पति के तीनै आम नागरिकको रगत र पसिनाको दोहन होईन ?
राज्यको राजनीतिक, आर्थिक, सामाजिक र प्राविधिक संयन्त्र नै पूरै कब्जामा लिएर भ्रष्टाचारमा लिप्त रहने धमिराहरुले के अधिनायकवादी शैलीमा स्रोत साधनको दुरुपयोग गरेका छैनन ? लोकलाजको कुनै ख्यालै नगरी आफ्नाआसेपासे, सालासाली, श्रीमती, भाइ, छोरी–बुहारी या बफादारहरूलाई मन्त्री, अन्यउच्चमा पटक पटक नियुक्ति दिन के कस्तो राजनैतिक नैतिकताले दिन्छ ? जेनजीको पुस्ता मार्फत माथिकाअनुत्तरित प्रश्न हरेकजनताले नेताभनाउदाहरुलाई सोध्ने बेलाआएको छ। निर्लज्ज राजनितीमा एकाधिकारवादी प्रवृत्तिमा सीमित स्वार्थ समुह दुई चार दिन रमाउलान, तीनका झोले कार्यकर्ताले बोल्न नसकलान तर पनि वर्तमान परिपेक्ष्यमा यस्ता कुपात्रवा पद्धतिका विरुद्धमा हुने जन विद्रोहमा तीनै दलका कार्यकर्ताहरूको पनिअप्रत्यक्ष समर्थनको सम्भावना थप बढेर गएको छ ।

विद्रोही सचेत जनता खासमा जो शिक्षित, जागरुक, श्रमिक, चेतनशील, सर्घषशील मध्यम वर्ग छ जो आफ्नो अनि देशको वर्तमान अवस्थाप्रति चिन्तित भएर सरकार या दलहरूका नेता या पद्धतिको विरुद्ध सोचेरै बुझेरै विद्रोही कित्तामा पर्खाल झै उभिएको छ । जेन्जी पुस्ता लगायत ती आम युवाजसले देशमै आफनो भविष्य पहिल्याउन लागिपरेका छन । देशमै अध्ययन, अनुसन्धान गरेर भविष्य कोर्न सकिन्छ भन्ने विश्वास टुटेको छ । सर्टिफिकेट सँकलन मात्रै गर्ने कि पासपोर्ट बनाउने भन्ने दैनिकी दिविधामा जो दिनरात प्रताडित बनेका छन ।
संवैधानिक अनि निरंकुश राजतन्त्रको शासनको पनि केही अनुभव गरेका तर २०६२÷६३ को जनआन्दोलनमा सहभागीहुँदै गणतन्त्रात्मक शासन व्यवस्था भोग्दै आएका १६ देखि ४५ वर्ष उमेरका पुस्ताको करिब एक करोड पैंतालीस लाख अनि रोजगारी र अध्ययनका लागि देश बाहिर पुग्ने वर्ग दिनप्रतिदिन बढदो छ। अध्ययनवा स्वरोजगारीमा भए पनि ६० लाख युवाहरू जो देशमै छन् जसले देशका लागि कुनै न कुनै रूपमा योगदान दिईरहेका छन ती नै युवाहरु विद्रोहको बुलन्द आवाज बोकिरहेका छन। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले करिब ९० लाख जनशक्तिले आफ्नो सीप, क्षमता, पढाइ अनुसार रोजगारी पाएका छैनन । ६० लाख देशमा बसेका युवाहरूमध्ये २५ लाख राजनीतिक दलहरूका सदस्य होलान । असल राजनितिक विचारधारा आस्था बोक्ने युवा जो देशप्रति चिन्तीत छन तिनको दलप्रतिको आडभरोसा टुट्दो क्रममा छ । युवा विद्रोहको बिगुल कहिले बालेन, गोपी, हर्क जस्तै कैयो स्वतन्त्रका नाममा फुकिरहेका छन तर राज्यले यसलाई दिनप्रति दिन नजरअन्दाज गर्दे गईरहेको छ ।
नेताहरुले बेला बेलामा हुकाँरपुर्ण अभिव्यक्ति दिई रहन्छन देशमा विकास भईरहेको छ ।प्रतिवेदनका पानाहरुमा तथ्य तथ्याँकले प्रमाणित गर्न खोजिरहन्छन तरआउने पुस्तालाई कुल ग्राहस्थ उत्पादनको करिब ४५ प्रतिशत ऋणको ठूलो भारी थेग्नै नसक्ने गरी बोकाएर । लाखौ युवालाई खाडीको तातो घाममा पोलिन बाध्य पारेर, विकसित देशमा आफनो श्रम, श्रमता, सीपभन्दा अपहेलित अनि अन्यायपुर्ण जीन्दगी बाचेर कुल जीडीपीको २४ प्रतिशत रेमिटयान्स पठाउन लगाएर ।
वर्तमान परिपेक्ष्यमा राजनीतिक, सामाजिक, आर्थिक अवस्था, सरकार र परम्परावादीदलहरू विरुद्ध स्वतस्फुर्त रुपमा सडकहरूमा देखिने जुलुस, धर्ना र आन्दोलनका बिद्रोही बिगुलहरु नाराहरू, वर्तमान राज्य व्यवस्था विरुद्ध गरेका आक्रामक विरोधहरू जेन्जी पुस्ताको विद्रोही मनोविज्ञानको प्रतिबिम्बित प्रस्फुटन हो ।
सार्वजनिक समारोहमा नेत्तृत्व बिरुद्धको नाराबाजी, सत्ताधारी नेताहरूको विरुद्ध विरोध या विद्रोहको तहके कति कहाँसम्म पुग्यो भन्ने कुरा न त नेत्तृत्वले नै बुझन सकेको छ न त तीनका हनुमान, झोले अनि भरौटेहरुले बुझन सकेका छन । सामाजिक सञ्जालमा नेताहरू विरुद्ध पोखिएकागाली बेइज्जतका विष बमनलाई आफै नीलकण्ठ तिनेत्रधारी महादेव सम्झेर हलाहल पिईरहेका छन अनि तिनका स्वार्थ समुहरुपी कार्यकताहरुले स्तुतीगान गाएर रमाईरहेका छन ।
हो, अब विद्रोही चेतनाका जेनजी पुस्ता आन्दोलनका लागि पुर्ण रुपमा सबल सक्षम अनि तम्तयार छ । हिजोका दिनसम्म हेर्दा केवल सामाजिक सञ्जालमा भावनात्मक रूपमा विद्रोही देखिएको पुस्ता अव राजनीतिक, वैचारिक, संगठनात्मक रूपमा जेनजीका रुपमा एकत्रित हुन खोजिरहेको छ । युगले मागेको नेताका रुपमा चित्रित जँगबहादुर प्रवृतिको एउटा त्यस्तो निडर, निर्भिक, साहसी, बहादुर अनि दुरदर्शी नेत्तृत्वले वर्तमान पुस्ताले बालेन, हर्क, गोपीका रुपमाआह्वान गरिरहेको छ ।
विद्रोही वातावरण निर्माण हुँदै गएको यस्तै अवस्थाले बृहत् आन्दोलनको वातावरण तयार गर्न सक्छ भन्ने कुरा बंगलादेश पश्चात ईन्डोनेसियाबाट प्रष्टै रुपमा देखिन्छ । बेरोजगारीको भुमरीमा परेर विदेशिएका लाखौं विद्रोही चेतका आम नेपालीहरू स्वदेश फर्कि सडकमा उत्रिए या आफना सन्तानलाई शुक्रराज शास्त्रीका बुवा माधवराज जोशीले भनेझै स्यावास बाबु त धन्य छस तैलै बा आमाकाृ मात्र होईन देशकै गौरब बढाएको छस , बाबु हुनु त तँ जस्तो भनेर सन्तानको लासमाथि नेपाली झण्डा एक एक गरी फर्फराएभने न त यी केही राजनितिक पिपासु पात्रहरू मात्रै होइन, पद्धति नै नरहने अवस्था आउन सक्छ न त सरकारले थाम्न नै सक्छ।
सामाजिक सञ्जाल बन्द भएपछि एउटा टिकटक मार्फत जोडिएको जेन्जीको आवेग अहिले विश्व समुदायमा चर्चित भईरहेको छ । जेन्जी पुस्ताले हरेक खालका टेन्ड्रद्धारा सँसारको ध्यान आकर्षित गरिहेको छ । आवेग र आन्दोलनले बृहत् रूप लियो भने सत्ता जेनतेन सम्हालिरहेको सरकारलाई हम्मे हम्मे पर्ने निश्चित छ। शक्तिशाली प्रतिपक्ष बिनाको गठबन्धन सरकार या यसको नेतृत्व गरेका दलहरूले आन्दोलन या विद्रोहलाई नजर अन्दाज गर्नु भँयकर ठुलो राजनीतिक गल्ती अनि पाशविक दमन अक्षम्य अपराध हुनेछ । सबैलाई चेतनाभया ।
(लेखक मलाशीवन वातावरण, विपद र विकाससँगै समसामयिक सामाजिक क्षेत्रमा कलम चलाउँछन।)
