

–पल्लवराज भट्ट
उत्पन्न नयाँ परिस्थितिले धेरै पाठ सिकाएको छ । हाम्रो आन्तरिक व्यवस्थापन र घर सल्लाह सार्बजनिक रुपमा हैन घरभित्र राम्रोसंग गर्नु आवश्यक छ । चलन चल्तिको ढाँचा र कार्यशैलीले अगाडि बढ्न सकिदैन भन्ने सबैले महसुस गरेको देखिन्छ । केही समय धैर्य गरौ, पार्टी भित्र समयानुकूल जनभावना अनुसारको नीति, नेतृत्व, संगठन र कार्यशैली परिवर्तन चाँडै हुने कुरामा बिश्वास गरौ । आज देखि काठमाडौमा कफ्र्यु हटेको छ । आ–आफ्नो स्तरमा आपसी छलफल र कुराकानी सुरु भएको छ, केही दिनमा यसले ठोस आकार र योजना दिने नै छ । आन्तरिक एकता र हाम्रो कार्यशैलीलाई जन अपेक्षा अनुसार परिमार्जन गरि अघि बढ्न सके विरोधीहरुसंग डराउनु पर्दैन, सजिलै परास्त गर्न सकिन्छ । आहिले केही समय त्यता छोडेर आन्तरिक काममा जुटौ ।


सहजतामा जति सुकै आफ्नाको नाटक गरे पनि प्रतिकुलतामा बिचार नमिल्नेहरु कति निकृष्ट रुपमा आक्रमण गर्न तयार हुँदा रहेछन भन्ने यस पटक फेरि धेरै ठाउँमा राम्ररी पुष्टि भएको छ । यस पटक हामीहरुलाई र हाम्रा परिवारका सदस्यहरु एवं पुर्खाहरुले जोडेको स साना निजी सम्पत्तिहरु समेत जलाउने र हाम्रो मानवीय सामाजिक अस्तित्व नै समाप्त गर्न जुन रुपमा प्रकट भए यसले हामिलाई निर्मम रुपमा आत्म समीक्षा गरि सुध्रिएर सुमार्गमा हिन्न सचेत गराएको छ । सो अनुसार निर्ममता पूर्वक सच्चिएर, मित्र र सत्रु चिनेर अघि बढ््न सबै तयार होऔ । म पुर्ण रुपमा तयार रहेको प्रतिवद्दता ब्यक्त गर्दछु ।
तपाई हामीले अत्यन्तै प्रतिकुल परिस्थितिमा अहोरात्र खटेर, भोक तिर्खा, निन्द्रा र थकान नभनि, घाम, पानी, हुरी बतास र व्यक्तिगत काम नभनि दशकौ दशक जनताको पक्षमा काम गरेर जनविश्वास जितेर निर्माण गरेको पार्टी हो नेकपा (एमाले) । तपाईं हाम्रो मिहिनेत र पसिनाले कमाएको जनविश्वास कसरी यो अवस्थामा पुग्यो ? यो प्रश्नको जवाफ कतै खोज्न जानू पर्दैन, कसैले सिकाई राख्नु पर्दैन । तपाईं हामीसंगै छ । हामी सबैले जानेकै छौ, फरक यति छ कि हामी आफु जिम्मेवारी लिन तयार छैनौ कि अर्कोलाई मात्र देखाई रहेका छौ । हामी आआफ्नो स्तरमा सबै जिम्मेवार छौ । सबै सच्चिन र सच्याउन तयार होऔ । जनताले माफी दिने छन र दिदै आएका पनि छन । २०४८ को निर्वाचनमा नपत्याएको हाम्रो पार्टी जनतामा जाँदा २०५१ मा सबै भन्दा ठूलो पार्टी निर्माण गरि पहिलो पटक सत्तामा पु¥याएको हो । ९ महिनाको अल्पमतको सरकार मात्र चलाएर जनमुखी काम गर्दा २०५४ सालमा स्थानीय निर्वाचन मा जनताले झन्दै २ तिहाई को जित दिलाएका हुन् । २०५६ सम्म आईपुग्दा जनताका शत्रु भनेर हामीले नै चिनाएकाहरुसंग सत्तामा पटक पटक साझेदारी, सत्ताका निम्ति आन्तरिक झगडा र बिभाजनको रमिताको सजाय २०५६ को निर्वाचनमा जनताले दिए । बिस्तारै हाम्रो पार्टी र नेतृत्वले जनबिश्वास गुमाउदा माओवादी शक्तिको उदयभयो । कैयौं कमजोरीका बावजुत पनि तत्कालीन अवस्था मा माओवादी पार्टी र कार्यकर्ता को निस्ठा, अनुशासन र जनमुखी कार्यशैलीका कारण २०६४ को निर्वाचनमा जनताले माओवादीलाई पुर्ण भरोसा गरेको हो, तर माओवादी पार्टीले पनि २०७० सम्म पुरानो जनबिश्वास कायम राख्न सकेन र २०७० मा फरक परिणाम आयो । २०७४ को निर्वाचनमा फेरि कम्युनिस्ट एकता र सहकार्यलाई जनताले अभुतपुर्व समर्थन र बिश्वास गरेको हो । तर सत्ता सन्चालनमा गरिएको अस्वाभाविक भद्दा लुछाचुडी र आन्तरिक लडाईवाट पार्टी नै बिभाजन गरि एकथरी साथिहरु आफैले जनताको प्रधान सत्रु भनी जनतालाई नै बुझाईएका सङ सहकार्य गरि महा गठवन्धन गरेर जादा पनि केपि ओली नेतृत्वले गरेका रास्ट्रवादी अडान सहित का कैयौ कामको उच्च मुल्यांकन गर्दै जनताले तत्कालीन नेकपा को दुई तिहाइ सहित काङ्ग्रेस सङको गठवन्धन समेत लाई परास्तगरि एमालेलाई देशको सबै भन्दा बढी लोकप्रिय मत दिएर पठाएको हो । त्यो मतलाई सम्मन गरि जनभावना अनुसार अगाडी बढ्न नसक्दा, हाम्रो जनमुखी कार्यसैली सहित जन बिश्वास कायम राख्न नसक्दा र रास्ट्रीय अन्तर्राष्ट्रिय परिस्थितिको सहि विश्लेषण र सन्तुलित उपयोग गर्न नसक्दा आजको परिस्थितिको उदय हुन गएको हो ।
यसमा आजको युगको प्रबिधिको सहि उपयोग, हाम्रो पछिल्लो पिढिको क्षमता, उनको बौद्धिकताको स्रोतको उपयोग र अध्ययन लाई बुझ्न नसक्नु पनि एक प्रमुख कारण हो । तसर्थ समयले पÞmेरि एकपटक हामीलाई सच्चीएर आउन भनेको छ, तयार होऔ ! हामी श्रमजीवी जनताका सेवक हौ, रक्षक हौ भन्ने भावना का साथ अगाडी बढौ, भरौसा योग्य हुनेछौ । हामी र हाम्रो कार्यशैली सेवक होइन मालीक जस्तो भएर समस्या उत्पन्न भएको हो भन्ने बुझौ र अगाडी बढौ, समाधान टाढा छैन । तसर्थ बिचलित होइन शसक्त बनौ, आत्म बिश्वास साथअगाडी बढौ । हामीलाई अझै सशक्त र बलियो हुन कसैले रोक्न सक्ने छैन ।
(लेखक एमाले कञ्चनपुरका सचिव हुन् ।)
