

महेन्द्रनगर । जेन जी आन्दोलनका क्रममाा कृष्णपुर नगरपालिकामा आगजनी र तोफोड गरी कार्यालयमा सर समान चोरी भएको खुलेको छ ।
भदौ २४ गते जेन जी आन्दोलनकारीको नाममा नगरपालिका कार्यालयमा आगजनी र तोडफोड भएको थियो । त्यस क्रममा कार्यालयबाट जिन्सी समानहरु चोरी गरेर लगेको खुलेको छ ।
नगरपालिका कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै आगजनी र तोडफोडको क्रममा लगिएका सबै समान फिर्ता गर्न आग्रह गरेको छ ।

नगरपालिकाले चोरी गरी लगिएका ती समान बिक्री नगर्न र फिर्ता नगरी बिक्री गरिएमा प्रचलित कानुन अनुसार कारवाही ुगरिने चेतावनी दिएको छ ।
आन्दोलनकारीको आगजनी र तोडफोडबाट कार्यालयका कम्प्युटरदेखि कागजात र फनिर्चर जलेर नष्ट भएका छन् ।
कृष्णपुरमा कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो । अहिले नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले कार्यालयमा सरसफाई गरि रहेका छन् ।
कञ्चनपुरमा मात्र आन्दोलनकारीले ३० सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । केही कार्यालयमा सामान्य क्षति भएको छ भने कतिपय कार्यालय ध्वस्त भएका छन् ।


