ghar sansar

जनक्रान्ति दैनिकका पत्रकार बिष्टलाई सहकारी पत्रकारिता पुरस्कार

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि. ले पत्रकार मोहन बिष्टलाई सहकारिता पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

सहकारीको २७ औं वार्षिक साधारण सभामा पत्रकार बिष्टले पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रमा पुगाएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको छ ।

western public academy

कार्यक्रममा प्रमुख अतिथि सहकारीका निवर्तमान अध्यक्ष बरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्द र सहकारी संस्थाका अध्यक्ष नारा जोशीले बिष्टलाई दोसल्ला ओढाएर नगद ११ हजार पुरस्कार राशीको प्रदान गरे ।

पत्रकार बिष्ट जनक्रान्ति दैनिक र नयाँ पत्रिका दैनिकमा कार्यरत छ्न । बेल्डाँडी गाउँपालिका १ का बिष्ट नेपाल पत्रकार महासंघ कञ्चनपुरका कोषाध्यक्ष हुन । उनी २०६८ सालदेखि पत्रकारिता गरि रहेका छन् ।

सहकारीले तीन वर्षदेखि सहकारी क्षेत्रका विषय वस्तुमा कलम चलाउने पत्रकारलाई पुरस्कार दिन थालेको हो । यस अघि यस बिकल्प दैनिकका पत्रकार रनि विवश र टिभी टु डेका पत्रकार राजेन्द्र बिष्ट्लाई पुरस्कार प्रदान गरिएको थियो ।

भीनपा ३ ममताज पार्टी प्यालेशमा गरिएको साधारण सभाको अध्यक्ष नारा जोशीले गरिन् । कार्यक्रममा सहकारी निवर्तमान अध्यक्ष पूर्ण वहादुर चन्द प्रमुख अतिथि थिए ।

साधारण सभामा अध्यक्ष जोशीले वार्षिक, लेखा सुपरिवेक्षण समितिका संयोजक चित्राङ्ग थापा लेखा परीक्षण, चार्टड एकाउन्टेन्ट प्रकाशदत्त भट्टले सहकारीको लेखा परीक्षक प्रतिवेदन, कोषाध्यक्ष डा. शंकरदत्त भट्ट आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित आय व्यय प्रस्तुत गरे । साधारण सभामा प्रस्तुत प्रतिवेदन पारित गरिएका छन् ।

कार्यक्रममा सहकारीका लेखा परीवेक्षण समितिका संयोजक थापाले स्वागत मन्तव्य राखे । सहाकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले सञ्चालन गरेको कार्यक्रममा सहकारी संस्था आवद्ध ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...