ghar sansar

चाड पर्वका लागि पश्चिमी सीमा नाकामा नागरिक सहायक कक्ष स्थापना

khasi

महेन्द्रनगर । दशैं तिहार र छठका पर्वका लागि घर फर्किने नेपालीहरुका लागि पश्चिमी सीमा नाका गड्डाचौकीमा नगरिक सहायता कक्ष स्थापना गरिएको छ । भीमदत्त नगरपालिका ११ गडडाचौकीस्थित ७ नम्बर पिल्लर नजिक होल्डिङ्ग सेन्टरमा सहायक कक्ष स्थापना गरिएको छ ।

सीमा नाकामा आवतजावत गर्ने व्यत्तिहरुको सहजताका लागि सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्ष स्थापनामा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बर बिक र सशस्त्र प्रहरीको ७ नम्बर बाहिनी अत्तरिया कैलालीका प्रमुख सशस्त्र प्रहरी प्रहरी नायब महानिरीक्षक प्रदिप पाल गड्डाचौकी पुगेका छन् ।

dirghayi clinic

यसैगरी प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहित जिल्ला सुरक्षा प्रमुख सहित विभिन्न क्षेत्रका प्रतिनिधि सहायता कक्ष स्थापना कार्यक्रममा सहभागी भएका छन् ।

कञ्चनपुर प्रहरी कार्यालयका प्रमुख एसपी .खडक बहादुर खत्री, ३५ नं. गण झलारीका प्रमुख लोकेन्द्र भट्ट, सशस्त्र प्रहरी बल बल गड्डाचौकीका जनक राज उपाध्याय, इलाका प्रहरी कार्यालय गड्डाचौकीका सुरेन्द्र चन्द लगायत विभिन्न संघ संस्था, स्थानीय सहभागी भएका छन् ।

सहायक कक्षा स्थापनापछि प्रमुख जिल्ला अधिकारी ढकाल सहित सुदूरपश्चिम प्रदेशका जनपद र सशस्त्र प्रहरी प्रमुखले सीमा क्षेत्रमा अुनमगन गरेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...