ghar sansar

कञ्चनपुरका सबै सरकारी तथा गैर सरकारी निकायले आर्थिक मितव्ययिता र पारदर्शिता अपनाउनु पर्ने समन्वय समितिको निर्णय

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरले जेन जी आन्दोलनपछि बदलिँदो राजनीतिक परिवेशमा जिल्लास्थित सबै सरकारी तथा गैर सरकारी निकायलाई आर्थिक मितव्ययिता र पारदर्शिता कायम राख्न आग्रह गर्ने निर्णय गरेको छ ।

समन्वय समितिको आइतबार बसेको बैठकले निर्णय गरेको छ । बैठकका निर्णयलाई जिल्ला सबै सरकारी तथा गैर सरकारी निकायमा पठाइने भएको छ ।

western public academy

जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले जेन जी आन्दोलपछि फेरिएको वर्तमान परिवेशलाई ध्यानमा राखेर आर्थिक मितव्ययिता र पारदर्शिता अपनाउन निर्णय गरी सबैलाई पत्राचार गरिने बताए ।

‘अहिले परिवेश फेरिएको छ, यो परिवर्तित अवस्थामा सबै निकायसित आर्थिक मितव्यतिा र पारदर्शितालाई ध्यान दिन आग्रह गर्ने निर्णय गरेका छौ, त्यसलाई ती सबै निकायमा पठाउँछौ’ समन्वय प्रमुख बोहराले भने ।

समन्वय समितिको सभा कक्षमा बैठक बसेको हो । बैठकमा अन्य निर्णय पनि भएका छन् । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते समन्वय प्रमुख बोहराको भगतपुरस्थित घरमा आगजनी र तोडफोड गरिएको थियो ।

सामाजिक सञ्जाज, भ्रष्टाचार र परिवारवादको विरोध गर्दै भदौ २३ गते जेन जी आन्दोलन गरिएको थियो । साँझपख प्रहरीको गोली लागेर युवाको ज्यान गएपछि दोस्रो दिन देशभर आन्दोलन चर्किएको थियो ।

देशव्यापी चर्किएको आन्दोलनपछि पूर्व केपी शर्मा ओली राजीनामा दिएर सुरक्षित स्थानमा गएका थिए । त्यसपछि जेन जी युवाको माग अनुसार सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधिश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो ।

अन्तरिमक सरकारको सिफारिशमा जन निर्वाचित प्रतिनिधि सभा विघटन गरी फागुन २१ गते चुनाव गर्ने घोषणा गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...