ghar sansar

अधुरो भवन हेरेर दुःखी छन् शान्ति आधारभूत विद्यालयका हेडसर उत्तम

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । भीमदत्त नगरपालिका १४ बनकट्टीस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा छ शान्ति आधारभूत विद्यालय । यस विद्यालयका प्रधानाध्यापक छन् उत्तम विष्ट । हक्की र प्रष्ट वक्ता विष्ट नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष हुन् । चुनाव लडेर उनी संगठनको नेतृत्वमा पुगेका छन् ।

केही महिना अघि विष्ट निजी विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनले आयोजना गरेको शैक्षिक कार्यक्रममा अतिथि थिए । निजी विद्यालयले शिक्षा विधेयकका केही प्रावधानलाई लिएर गरेको आन्दोलन सम्बन्धि शिक्षक ट्रेड सहितको अन्र्तक्रिया कार्यक्रम गरिएको थियो । शिक्षक संगठनबाट अध्यक्ष विष्ट आफैंले सहभागी भएर मन्तव्य राखे ।

western public academy

शिक्षा ऐन शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय कर्मचारी कसैको पक्षमा नभएको भन्दै अध्यक्ष विष्टले आफ्नो मन्तव्य सुरु गरेका थिए ।

आफ्नो मन्तव्यमा उनले सामुदायिक र संस्थागत विद्यालयका समानता, समस्या र चुनौतीसम्म उल्लेख गरे ।

मन्तव्य राख्दै उनले आफैंले आफूलाई समेत प्रश्न गरे, मलाई पनि भन्छन् होला, सरकारी विद्यालयको शिक्षक छ, प्रधानाध्यापक छ, नेता बन्ने होला, छोरा छोरी विद्यालय नल्याएको, बोर्डिङ्ग स्कुल पढाएको ?

यसको उत्तर पनि विष्ट आफैंले दिए, यो सबै शिक्षक राम्रो भएर हुनेवाला छैन् । यति भनि सकेपछि विष्टले आफ्नो विद्यालयको अवस्था सुनाउन थाले ।

विद्यालयमा दुई कोठे भवन बनाउन थालिएको ६ वर्ष पुगेको छ । भवन अहिलेसम्म अधुरो छ । भवनमा प्लाष्टर र रङ्ग रोगन बाँकी छ । यी दुई कार्य नभएसम्म भवन प्रयोग गर्न सकिने अवस्था छैन् ।

भवन निर्माणमा हालसम्म २३ लाख बजेट भने खर्च भइ सकेको छ । भवन निर्माण पूरा नहुँदा प्रधानाध्यापक विष्ट दुःखी छन् । शिक्षा सम्बन्धि कार्यक्रम भएपछि उनले सार्वजनिक कार्यक्रममा आफ्नो दुःख पोखेका हुन् । 

बजेट नभएर प्लाष्टर र रङ्ग रोगन कार्य हुन नसकेको हो । ‘अहिलेसम्म २३ लाख खर्च भइ सकेको छ, भवन बन्न पनि सकेको छैन’ प्रधानाध्यापक विष्टले भने,‘अब अरु बजेट छैन्, बजेट नभएसम्म भवन बन्न सक्ने अवस्था छैन ।’

कक्षा कोठा नभएपछि विद्यार्थीहरु निर्माणाधिन भवन बसालेर पठनपाठन हुने गरेको छ । ‘न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ’, कक्षा ६ मा विद्यालयका विद्यार्थी सन्दीप भट्टले भने, ‘भुइँमा पनि ठूलाठूला ढुङ्गा मात्रै छन्, हामीलाई बस्नलाई निकै समस्या छ ।’

भीमदत्त नगरपालिकाको दरबन्दी मिलानमा विष्ट सिद्धनाथ माध्यमिक विद्यालय जिमुवाबाट शान्ति आधारभूत विद्यालय सरुवा गरिएका हुन् । शान्ति आधारभूत विद्यालय सरुवापछि विष्टले विद्यालयको नेतृत्व सम्हाले ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारको विद्यालयमा दलित, जनजाति र कमजोर आर्थिक अवस्थाका विद्यार्थी अध्ययनरत छन् । खोला किनारको विद्यालयमा बर्खामा बाढी कक्षा कोठामा पसेर विद्यालय बन्द हुन्छ । कक्षा कोठाबाट पानी बाहिर निस्केपछि मात्रै विद्यालय खोल्नु पर्ने बाध्यता छ ।

शान्ति आधारभूत विद्यालयमा प्रधानाध्यापक भएपछि विष्टले तत्कालिन मेयर सुरेन्द्र विष्टलाई कक्षा कोठा निर्माणका लागि बजेट दिन आग्रह गरे । सुरुमा मेयर विष्टले उनको माग अस्वीकार गरे । त्यसपछि मेयर विष्टसित चर्काचर्की भयो ।

उनी बाहिर निस्कन खोज्दा मेयर विष्टले नरम भएर बस्न भने । उनी चुपचाप बसे । त्यसपछि विद्यालयको अवस्था सम्बन्धि कुराकानी भयो । त्यहीं वर्ष कक्षा कोठा निर्माणका लागि बजेट विनियोजन गरी निर्माण कार्य अघि बढ्यो ।

मेयर विष्टको कार्यकाल सकिएपछि भवन निर्माण कार्य पनि अघि बढ्न सकेन । २०७९ को स्थानीय तह निर्वाचनपछि मेयर विष्टको कार्यकाल सकियो । अधुरो भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले विभिन्न निकायमा धाए । सबैतिर आश्वासन पाएर पनि बजेट नपाएपछि विद्यालय भवन हालसम्म अधुरो छ ।

प्रयोगमा नआउँदै भवन जीर्ण हुने चिन्ता प्रधानाध्यापक विष्टलाई छ । ‘यस्तै अवस्था रहे भने यो भवन प्रयोगमा नआउँदै जीर्ण त हुने होइन भन्ने डर छ’ प्रधानाध्यापक विष्टले भने ।

यो विद्यालय बर्खाको बाढी र चैत बैशाखको हावा हुरीको चपेटामा समेत पर्दै आएको छ । प्रधानाध्यापक विष्टले हुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उडाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका जनावरबाट विद्यार्थीलाई जोगाउनु पर्ने र खोलामा खसेर ज्यान जाने जोखिम पनि भएको प्रधानाध्यापक विष्ट बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...