ghar sansar

बाणिज्य संघमा कोशेली घर र रैथाने बालीका परिकार बनाउने रेस्टुरेन्ट खोलिने

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघमा यस वर्ष रेस्टुरेन्ट खोलिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले संघमा कोशेली घर र रैथाने बालीका परिकार बनाएर बिक्रीका लागि रेस्टुरेन्ट खोल्न बजेट छुट्याएको छ ।

कोशेली घर रैथाने बाली र प्रवद्र्धनका लागि खोल्न लागिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत गोबिन्द सिजापतिले भूमि व्यवस्था, कृषित तथा सहकारी मन्त्रालयबाट यस वर्ष उद्योग बाणिज्य संघमा कोशेशी घर र रैथाने बालीका परिकार पकाउने रेस्टुरेन्ट खोल्न बजेट आएको जानकारी दिए ।

western public academy

ज्ञान केन्द्रलाई यस वर्ष २० करोड ८८ लाख बजेट आएको छ । त्यसमध्ये १८ करोड बजेट ५० प्रतिशत अनुदानका कार्यक्रमका लागि विनियोजन गरिएको छ । कृषि ज्ञान केन्द्र र बाणिज्य संघ दुबैको साझेदारीमा कोशेली घर सहित रेस्टुरेन्ट खोल्न लागिएको हो ।

ज्ञान केन्द्रमा यस वर्ष ब्याज अनुदानका लागि ५ करोड बजेट छ ।

Himal dental
सम्बन्धित
Loading...