ghar sansar

राज्यले किन दिँदैन यस्तो ठाउँमा ध्यान

little buddha academy
khasi

महेन्द्रनगर । भदौ दोस्रो साता दोधारा चाँदनी नगरपालिका ७ स्थित रामपुर टापुमा तटबन्ध भत्काएर जोगबुडा नदीको बाढी वस्तीमा पस्यो । बाढीबाट जोगबुडा नगरपालिका ८ जर्का टोलका तीन दर्जन परिवारले घर छाडेर ज्यान जोगाए ।
तीन दिनसम्म जनज्योति माध्यमिक विद्यालयमा बसेर उनीहरु घर फर्किए । रामपुरे टापुमा ग्राभेल र कट्टा हालेर बाढी रोकिएको छ ।

दुई महिना अघि निर्माण गरिएको तटबन्ध भत्काएर जोगबुडा वस्तीमा पसेको थियो । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको जोगबुडा नदी संरक्षण कार्यक्रम अन्र्तगत ७३ मिटर लम्बाईको तटबन्ध निर्माण गरिएको छ ।

,orning glory badhai

तटबन्धको दक्षिणको भाग भत्काएर नदी वस्तीमा पसेको स्थानीयले बताए । उनीहरुका अनुसार तत्काल कट्टा हालेर बाढी रोक्ने प्रयास गरिएको थियो ।

गत वर्ष प्रदेश सरकारले दोधारा चाँदनी नगरपालिका वडा नं. ३, ६, ८ र ९ का लागि जोगबुडा नदी नियन्त्रण गर्न ४५ लाख बजेट दिएको थियो ।

त्यहीं ४५ लाख बजेट भाग लगाएर चार वडाले आ–आफ्नो क्षेत्रमा तटबन्ध बनाएका हुन् । बजेट कार्यान्वयनमा सहमति हुन नसकेपछि अन्तिममा चार वडाले भाग गरी आ–आफ्नो वडामा लगेका थिए । रामपुरे टापुरमा तटबन्ध बनाउन १६ लाख भाग परेको थियो ।

रामपुर टापुमा उपभोक्ता समिति गठन गरी तटबन्ध निर्माण कार्य सुरु गरिएको थियो । उपभोक्ता समितिले आफूले काम गर्न सक्ने अवस्था नभएपछि ठेकेदारलाई जिम्मा लगाएको थियो ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिका ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले रामपुर टापुमा तटबन्ध बनाएर बाढी नियन्त्रणका लागि गत वर्ष पहिलो पटक बजेट आएको बताए ।

‘यो तटबन्ध पनि गत साल आएको बजेटबाट बनेको हो, त्यस अघि त यहाँ राज्यको ध्यान नै गएन’ उनले भने,‘नेताहरु त आउँथे, हेरेर जान्थे, आश्वासन बाहेक अरु त केही पनि दिएन ।’

जोगबुडा नदीको बाढी रोक्न केही वर्ष अघि स्पर निर्माण गरिएको थियो । बाढीले स्पर बगाएपछि बाढी वस्तीमा पस्ने खतरा बढेको थियो । स्पर बगाएपछि स्थानीय तटबन्धका लागि हारगुहार गर्दै आएको वडा अध्यक्ष बहेकले बताए ।

जोगबुडालाई वस्तीमा पस्न नदिन २०५५ मा प्रयास गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पार्क एण्ड पिपुल कार्यक्रम अन्र्तगत रामपुर टापु हुँदै जर्का टोलसम्म वृक्षारोपण गरी नर्सरी बनाएको छ । नर्सरीले जोगबुडाको कटान रोकिएको छ । रामपुर टापुबाट बाढी नर्सरी भएर वस्तीमा पसेर क्षति हुने गरेको स्थानीय बताउँछन् ।

‘त्यो बेला वृक्षारोपण गरी नर्सरी बनाइएको छ, यो नर्सरीले नदीको बाढी वस्तीमा पस्न रोकेको छ’ उनले भने,‘यो नर्सरी नभएको भए यो नदी नै वस्तीमा जान्थ्यो ।’

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्र्तगत २०७८ मा जोगबुडा नदीमा तटबन्ध निर्माणका लागि २० लाख बजेट छुट्याइयो । त्यो बजेट ५० मिटर तटबन्ध बनाउन दिइएको थियो । त्यसपछि ३२ मिटर तटबन्धका लागि १० लाख बजेट दिइयो । पछिल्लो पटक गत वर्ष १६ लाख खर्च गरी ७३ मिटर तटबन्ध बनाइएको हो ।

वडा अध्यक्ष बहेक भारतीय सीमावर्ती क्षेत्र मेलाघाटसम्म जोगबुडा नदीमा बलियो तटबन्ध निर्माण नभएसम्म बाढी रोक्न सकिने अवस्था नभएको बताउँछन् ।

‘यहाँको राज्यको ध्यान जाँदैन, मेलाघाटसम्म बलियो पक्की तटबन्ध नबनाएसम्म बाढी रोक्न सकिने अवस्था छैन’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...