

महेन्द्रनगर । दैजीबाट जोगबुडा जाँदै गरेको से १ ज४१७ नम्बरको बोलेरो जिप बेदकोट नगरपालिका ३ सिउडीबागमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सडकबाट २० मिटर तल खसेको जीप दुर्घटनामा घाइते ९ जनामध्ये बेदकोट नगरपालिका ४ की दुई वर्षिया युविका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार दिउँसो जीप पल्टिएको हो । दुर्घटनामा परी घाइते सबै सेती अस्पतालमा भर्ना गरिएका छन् । उनीहरुमध्ये अधिकाँशको अवस्था गम्भीर छ ।
दुर्घटनामा घाइते कृष्णपुर नगरपालिका १ वाणिका ३३ की वर्षिया धाना बोहरा, उनका ४ वर्षिय छोरा कमल बोहरा गम्भीर घाइते छन् । आमा छोराको टाउको चोट लागेको छ ।
बेदकोट नगरपालिका ४ की तारा पालको टाउको गम्भीर चोट लागेको छ । उनकी छोरी युबिका पालको उपचारको क्रममा मृत्यु भएको छ । पालका १० वर्षिय छोरा प्रिन्स टाउको गम्भीर चोट लागेर घाइते छन् ।
डडेल्धुराको पर्शुराम नगरपालिका ९ का ३५ वर्षिय देबेन्द्र धामीको टाउको र बाँया खुट्टामा चोट लागेको छ ।
परशुराम नगरपालिका ११ का २४ वर्षिय बिरेन्द्र कुँवर र उनकी श्रीमति मनिसा कुँबर दुर्घटनामा परी घाइते भएका छन् । उनीहरु दुबैको टाउको र शरिरमा चोट लागेको छ ।
परशुरामका २८ वर्षिय नरेश सार्कीको टाउको र शरिरमा चोट लागेको छ । जीप चालकको पहिला खुल्न सकेको छैन ।
