
३५ दिने सूचनापछि पनि मसाज सेन्टर र डान्सबार बन्द नभएको भन्दै ६ विद्यार्थी संगठनको आपत्ति, संघर्ष गर्ने चेतावनी


महेन्द्रनगर । विद्यार्थी संगठनले शिक्षण संस्था लगायत सार्वजनिक क्षेत्र आशपास क्षेत्रमा मापदण्ड मिचेर सञ्चालन गरिएका मसाज सेन्टर र डान्स बार नियमन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गरी भीमदत्त नगरपालिका ५ र ६ मा सञ्चालन गरिएका समाज सेन्टर र डान्स बार मापदण्ड अनुसार सञ्चाल्न नभएकाले नियमन गर्न माग गरेका छन् ।


स्थानीयलले व्यापक विरोध गरेपछि वडा कार्यालयले समाज सेन्टर र डान्सबार बन्द गर्न ३५ दिनको सूचना सार्वजनिक गरेका थिए । सूचनाको म्याद सकिएपछि पनि डान्स बार र मसाज सेन्टर बन्द नभएपछि विद्यार्थी संगठनले विज्ञप्ति सार्वजनिक गरी नियमनको माग गरेका छन् ।
विद्यार्थीले मापदण्ड विपरित सञ्चालन गरिएका मसाज सेन्टर र डान्स बार नियमन नभए संघर्ष गर्ने चेतावनी दिएका छन् ।

