


महेन्द्रनगर । पत्रकार महासघ कंचनपुरका अध्यक्ष सुरेश सिह धामीको स्वास्थ्य उपचारका लागि भीमदत्त नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । धामीको उपचारका लागि ५० हजार सहयोग गर्ने भएको हो ।
पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामी केही समयदेखि काठमाण्डौँ स्थित काठमाण्डौँ मेडिकल कलेज सिनामंगलमा उपचारारत छन । धामीको पाचन प्रणालीसग सम्बन्धी ग्रन्थी (प्याङक्रियाज) मा ट्युमर फेला परेपछि पहिलो चरणको सल्यकृया भएको र दोस्रो चरणका लागि अर्को अस्पताल एव थप खर्च लाग्ने भएपछि उपचार खर्च अभाव भएपछि पालिकाले सहयोग गर्ने निर्णय गरेको छ ।
