

महेन्द्रनगर । तत्कालीन महेन्द्रनगर नगर विकास समिति (भीमदत्त नगर विकास समिति) तत्कालिन अध्यक्ष पल्टु राना जग्गा घोटाला प्रकरणमा कारागार चलान भएका छन् ।
विशेष अदालतले २०८१ बैशाखमा तत्कालिन राना विरुद्ध समितिको जग्गा अवैध बिक्री र लिजमा दिएको मुद्दामा ५ वर्ष ११ महिना २६ दिन कैद र ८५ लाख २८ हजार ७ सय ८३ रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।


अदालतको फैसला अनुसार रानालाई कैद र जरिवना भुक्तानका लागि पक्राउ गरी कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराले लालझाडी गाउँपालिका– ५ देखतभुलीबाट रानालाई मंगलबार पक्राउ गरिएको बताए ।
अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि राना बुधबार पुर्पक्षका लागि कारागार चलान गरिएको डिएसपी बोहराले बताए ।

