ghar sansar

सातौ पटक थपिएको म्यादमा ठेकेदार कम्पनी नआएपछि तोडियो हुलाकी सडकको बेलौरी–बेल्डाँडी खण्ड ठेक्का

khasi

महेन्द्रनगर । हुुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको बेलौरी–बेल्डाँडी खण्डको ठेक्का तोडिएको छ । २० किलोमिटर लामो सडक सात पटक म्याद थप गर्दा पनि करिब एक दशकसम्म निर्माण सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय धनगढीले जनाएको छ ।

योजना कार्यालयले बिहीवार सूचना प्रकाशित गर्दै निर्माण सम्झौता रद्द गरिएको जानकारी दिएको छ। साथै ठेक्का लिएको निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिने जनाइएको छ । उक्त सडक खण्ड ३० महिनाभित्र सम्पन्न गर्ने गरी १२ फागुन २०७३ मा बाबाहंश–सिद्धीसाइ जेभीसँग सम्झौता गरिएको थियो । सडक निर्माणको कुल लागत ४१ करोड ४१ लाख ४९ हजार रुपैयाँ रहेको थियो तर लामो समय बित्दा पनि काम पूरा हुन सकेन ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर प्रमोद चौधरीका अनुसार हालसम्म यस खण्डको भौतिक प्रगति ८२ प्रतिशत र वित्तीय प्रगति ७७.१३ प्रतिशत मात्र रहेको छ। पछिल्लो पटक गत १० असारमा साढे तीन महिनाका लागि सातौँ पटक म्याद थप गरिएको भए पनि निर्माण कम्पनी काममा फर्किन नआएको उनले बताए ।

dirghayi clinic

‘पटकपटक दबाब दिँदै सूचना र पत्राचार ग¥यौँ , तर निर्माण कम्पनीले काम सुरु गरेन,’ इन्जिनियर चौधरीले भने, ‘अन्तिम पटक ठेक्का किन नतोड्ने भनेर सूचना निकाल्दा पनि सम्पर्कमा नआएपछि सम्झौता रद्द गरिएको हो ।’

२० किलोमिटर सडकमध्ये विभिन्न चरणमा गरी १२.४३ किलोमिटर कालोपत्रे भइसकेको छ भने बाँकी खण्डमा बेस हालिएको छ । तीमध्ये करिब १ हजार ४ सय मिटर क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो क्षेत्र दाबी गर्दै ग्राभेल गरेपछि निर्माण कार्यमा अवरोध आएको थियो ।

ठेक्का रद्द भएसँगै निर्माण कम्पनीको धरौटी जफत गर्नेलगायत प्रक्रिया अगाडि बढाइने योजना कार्यालयले जनाएको छ। सिद्धीसाइ नेपाली काँग्रेस डोल्पाका सभापति दिपेन्द्रबहादुर शाहीको निर्माण कम्पनी हो ।

कञ्चनपुरमा हुलाकी राजमार्गको ६२ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएको थियो। अन्य दुई खण्डमा पनि पटक पटक म्याद थपपछि मात्र काम सम्पन्न भएको थियो । लामो समयसम्म निर्माण अलपत्र रहे पनि योजना कार्यालय यसअघि ठेक्का तोड्ने निर्णयमा जान सकेको थिएन ।

Himal dental
सम्बन्धित
Loading...