

भुवन भट्ट
महेन्द्रनगर । जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गराएका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १० पटक उठबस गराएका छन् ।

शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी बजारमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट जेनजीका प्रतिनिधिहरूले झलारीमा भेला भएर विगतमा भएका गल्ती कमजोरी महसुस गर्दे कान समातेर उठबस गराएका छन् ।
मुलुक निर्वाचनमय भएका बेला जेनजी समूहका युवाहरूले गरेको यस्तो किसिमको गतिविधिलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ । जेनजी समूहका युवाहरू भदौ २३ र २४ गतेको आन्दोलनमा भएका गल्ती कमजोरीलाई स्विकार्दे आगामी निर्वाचन पछि भने अझै सडक आन्दोलनमा होमिने समेत बताए ।

मिराज ढुंगाना समर्थक कञ्चनपुर क्षेत्र–२ का स्वतन्त्र उम्मेदवार हरिश बहादुर भट्टले भ्रष्टाचार गर्ने नेताहरूले माफी नमागेको भन्दै शुक्रबार झलारीमा उठबस गरिएको बताए ।
मुलुकभरि बाटै विभिन्न क्षेत्रबाट उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । उम्मेदवार भट्टले भने मतदाताहरू सँग मत माग्नुको साटो मत नदिन अनुरोध गरि रहेका छन् ।
मतदाताहरूलाई मानसिक तवरले परिवर्तन गर्ने भन्दै उनी विवेक प्रयोग गर्न सुझाव दिन थालेका छन् ।
मत दिए भने मुलुकको विद्यमान व्यवस्था परिवर्तन गर्नका लागि सदनबाट आवाज उठाउने तर मत नदिए पुनः सडक आन्दोलनबाट व्यवस्था परिवर्तनका लागि संघर्गा उनले चुनावी एजेन्डा नै बनाएका छन् ।
विद्यमान व्यवस्थाविरुद्धमा यस अघि जेनजी आन्दोलन भए पनि जेनजीका मागहरू भने पूरा हुन नसकेको भन्दै उनले देशको विद्यमान व्यवस्था परिवर्तन गर्नका लागि आफुले पनि स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
उनले आफूलाई मत नखसाल्न समेत आग्रह गरे । दलीय उम्मेदवारहरुलाई विजयी गराए भने सडक आन्दोलन गरेर पनि मुलुकको व्यवस्था फेर्ने चेतावनी समेत दिए ।
