ghar sansar

चुनावी प्रचारमा के भनेर मत माग्दै छन् एनपी साउँद

khasi

हेमा भट्ट
महेन्द्रनगर । कञ्चनपुर २ का काँग्रेस चनपुर — प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार एनपी साउद यतिबेला जनताको घरदैलोमा सक्रिय रूपमा पुगिरहेका छन् ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो राजनीतिक मार्गदर्शक सिद्धान्त बनाएका साउदले “पदका लागि होइन, सेवाका लागि राजनीति” भन्ने स्पष्ट सन्देशसहित चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

dirghayi clinic

“म शासक होइन, सेवक बन्न चाहन्छु। बोलेर होइन, गरेर देखाउन चाहन्छु,” भन्ने उनको उद्घोष अहिले गाउँ–टोलमा चर्चाको विषय बनेको छ। घरदैलो कार्यक्रम, टोलस्तरीय अन्तरक्रिया र सामुदायिक छलफलमार्फत उनले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्, जसले अभियानलाई थप जीवन्त बनाएको छ ।

हालै कृष्णपुर नगरपालिका अन्तर्गत साविक रैकवार विचवामा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखियो। कार्यक्रममा सडक स्तरोन्नति, सिँचाइ व्यवस्थापन, स्वास्थ्य सेवाको सहज पहुँच, गुणस्तरीय शिक्षा र युवाका लागि रोजगारी सिर्जना जस्ता विषय मुख्य एजेन्डाका रूपमा उठाइए ।

उम्मेदवार साउदले ती मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै दीर्घकालीन र समन्वित विकासको खाका प्रस्तुत गरे। उनका अनुसार अधुरा पूर्वाधार योजनालाई पूर्णता दिने, बजेट विनियोजनमा पारदर्शिता कायम गर्ने तथा स्थानीय तहसँग सहकार्य गरी योजनाबद्ध विकासलाई अघि बढाइनेछ। कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै किसानलाई उत्पादनदेखि बजारीकरणसम्म सहयोग पु¥याउने, साना तथा मझौला उद्यम प्रवद्र्धनमार्फत स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उनको स्पष्ट प्रतिबद्धता छ ।

युवालाई लक्षित कार्यक्रमअन्तर्गत सीपमूलक तालिम, उद्यमशीलता प्रवद्र्धन तथा खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिने उनले बताएका छन् । त्यस्तै महिला सशक्तीकरणका लागि सहकारीमार्फत आयआर्जनका कार्यक्रम विस्तार गर्ने र सामाजिक सुरक्षालाई थप प्रभावकारी बनाउने योजना पनि अघि सारेका छन् ।

Himal dental
सम्बन्धित
Loading...