

महेन्द्रनगर । भारतबाट निर्वाचन आचार सँहिता विपरित अवैध रुपमा राष्ट्रिय स्वतन्त्र पाटी)(रास्वपा) ले ल्याएका टिसर्ट, टोपी र कपडा प्रहरीले बरामद गरी कारवाही अघि बढाएको छ ।
गत हप्ता गड्डाचौकी नाका हुदै नेपाल ल्याईदै गरेको अवस्थामा रास्वपाका चुनावी प्रचार सामाग्री बरामद गरी कानुन बमोजिम कारवाहि अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक(एसपि) खड्क बहादुर खड्काले बताए ।


उनका अनुसार प्रहरीले रास्वपाले भित्र्याउन लागेको अबैध सामाग्रिमा ५९ थान टि–सर्ट, ३० वटा टोपी र ४० थान कपडा छन्। उक्त सामाग्रिहरुमा रास्वपा र घण्टीको लोगो राखिएको छ ।
उक्त घट्नाबारे थप अनुसन्धान गर्नुपर्ने भएका कारण फोटो सार्वजनिक नगरीएको प्रहरी स्रोतले जनाएको छ । रास्वपाको उक्त कार्य कानुनीरुपमा मात्रै नभई निर्वाचन आचारसंहिता विपरित पनि हो । रास्वपाले हालसम्म यसबारे पार्टीको धारणा बाहिर ल्याएको छैन ।
रास्वपाले कञ्चनपुरमा नियमितरुपमा निर्वाचन आचार संहिता विपरित कार्य गरीरहको छ । केही दिन अगाडिमात्रै भीमदत्त नगरपालिका वडा नं. १० मा नागार्जुन टोलमा चुनावी प्रचारप्रसारमा बालबालिकालाई झण्डा बोकाएर खिचेका फोटो सामाजिक सञ्जाल फेसबुकमा भाईरल भएका थिए ।
रास्वपा नेता कार्यकर्ताहरुले भित्रभित्रै फोटा आफ्नो नभएको भन्दै विरोध गरेका थिए ।

