

सन्तोसी पाण्डेय
महेन्द्रनगर । बिहीबार मैले भीमदत्त नगरपालिका वडा नं. १५, वडा नं. ३, वडा नं. २ र वडा नं. १८ का विभिन्न मतदान केन्द्रको स्थलगत अवलोकन गरी रिपोर्टिङ्ग गरे ।

सबै स्थानमा मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित देखियो । सुरक्षा व्यवस्था प्रभावकारी थियो र मतदाताहरु निर्धक्क भई मतदानमा सहभागी भएका थिए ।
विशेष गरी ज्येष्ठ नागरिक उत्साहका साथ मतदान गर्न आएको दृश्य प्रेरणादायी थियो । अघिल्लो निर्वाचनको तुलनामा केही स्थानमा मतदाताको संख्या कम देखिए पनि समग्र वातावरण सामान्य र शान्त देखिन्थो ।
मतदान केन्द्रहरूमा कुनै अप्रिय घटना नदेखिएको र कर्मचारीहरू जिम्मेवार पूर्वक खटिएको पाइयो। विशेष गरी वडा नं. १८ मा सबैभन्दा बढी मतदाताको उपस्थिति देखियो ।
मतदान केन्द्र टाढा परेका कारण केही मतदाताहरू मतदानमा सहभागी हुन सकेनन् ।
