ghar sansar

काँग्रेसको खुला महाधिवेशन प्रतिनिधिमा थापासंगै अर्का पूर्व मन्त्री राना पनि ग्र स्थानमा, अरुको कति छ मत

khasi

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ को महाधिवेशन प्रतिनिधिको चार सय मत गणनामा सुदूरपश्चिम सरकारका दुई पूर्व मन्त्री शीर्ष स्थानमा छन् ।

पूर्व आर्थिक मामिला मन्त्री बहादुर सिह थापा २ सय ८३ मत सहित सबैभन्दा अगाडि छन् । थापापछि पूर्व सामाजिक विकास मन्त्री बेल बहादुर राना २ सय ५७ मत ल्याएर थापासित प्रतिस्पर्धामा छन् ।

dirghayi clinic

उनीहरु दुबै खुलाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन् । थापा र राना सहित खुलामा २० जना उम्मेदवार छन् ।
उनीहरुपछि भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापा २ सय ४३ मत सहित तेस्रोमा छन् ।

लोक बहादुर ठकुराठी २ सय २४, दिपक बहादुर सिह २ सय १९, कृष्ण बहादुर कुँबर २ सय १८, मेखराज पण्डित १ सय ९२, नाफू सिह साउँद १ सय ९१, दुर्गादत्त बोहरा १ सय ८४, विष्णुदत्त जोशी १ सय १८ मत ल्याएका छन् ।

खुलाबाट १० प्रतिनिधि निर्वाचित हुुने छन् ।

यसैगरी पूर्व मन्त्री तारणीदत्त चटौत १सय ६०, कृष्णराज भट्ट १ सय ४३, खेमराज ऐरी १ सय ८, गणेश खत्री ६८, गोपाल सिह भण्डारी १ सय ३०, जंग बहादुर चन्द १ सय ७३, तारादत्त अवस्थी १ सय १४, नारायण दत्त जोशी ७१, पदमराज पन्त १ सय ४३, प्रमानन्द भट्ट कपाडी ३२, भोज बहादुर ठगुन्ना १ सय १४ मत ल्याएका छन् ।

Himal dental
सम्बन्धित
Loading...