ghar sansar

गरीब परिचय पत्रमा गडबढी, छाप्रोमा बस्नेलाई पहेँलो र पक्की घरलाई रातो

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ५ धर्मपुरकी गोमती टमटासित राज्य सुविधा परिचय पत्रको मध्यम वर्गको परिचय पत्र छ । ऐलानी जग्गामा छाप्रो बनाएर बसेकी उनी मध्यम वर्गको परिचय पत्र पाएर खुशी छैनन् ।

एकल महिला उनले मजदुरी गरी घर परिवार चलाउछिन । उनका तीन सन्तान छन् । ‘लोग्ने छैन, ऐलानीमा छाप्रो छ, मजदुरी गरी घर परिवार चलाएकी छु’ उनले भनिन्, ‘सरकारले के देखेर मलाई गरिब होइन भनेर यो कार्ड दियो, सरकारलाई को गरिब को धनी भन्ने थाह नहुने रहेछ ।’

गाउँमा जग्गा जमिन र आर्थिक अवस्था राम्रो भएकालाई गरिबको कार्ड दिएकोमा उनी गुनासो गर्छिन् । ‘मैले अति गरिबको कार्ड पाउन पर्ने हो, अरुले अति गरिबको बनाएका छन्, हामीले त्यस्तै सहनु पर्ने हो’ उनले भनिन, ‘यो कार्ड दिएर धनीलाई गरिब र गरिबलाई धनी बनाइएको छ ।’

टमटासित धर्मपुरमा ११ धुर जग्गा छ । उनीसित यो बहेक अन्यत्र जग्गा छैनन् । धरम्पुरकी मिनादेबी चौधरी पनि कार्ड पाएर बेचैन छिन । शिबिरम बस्दै आएकी उनलाई मध्यम वर्गको परिचय पत्र दिइएको छ । मजदुरी गरी परिवार पाल्दै अएको चौधरी परिवार अति गरिब हुनु पर्ने बताउछन् ।

‘हामी सबैलाई एउटै कार्ड दिइएको छ, लेबर मजदुरी गरी जीविका चलाएका छौ’ उनले भनिन्, ‘अति गरिब हुनु पर्ने हामीले हो, यहा त अरु नै गरिब भएका छन् ।’

धरमपुरका बीर बहादुर चौधरी सबैलाई समान कार्ड नदिएर अवस्था हेरेर दिनु पर्ने बताउँछन् ।

आठ बर्ष अघि तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गरिब परिवार पहिचानका लागि राज्य सुबिधा परिचय पत्र वितरण गरिएको थियो । सरकारले २०७५ मा परिचय पत्र दिने घोषणा गरेको थियो ।

मन्त्रालयले बेदकोट नगरपालिका कार्यालयमा पठाएका कार्ड वडा कार्यालय मार्फत स्थानीयलाई बितरण गरिएको थियो ।

वडा कार्यालयबाट कार्ड लिएपछि टमटा चौधरी लगायतले नगरपालिका कार्यालय पुगेर असन्तुष्टि राखेका थिए । कार्ड वितरणमा भेदभाव गरिएको गुनासो उनीहरुले राखेका थिए ।

dirghayi clinic

बेदकोट नगरपालिकामा तीन हजार एक सय ३८ परिवारलाई कार्ड बाडिएको छ । ती सबै कार्ड तयार भएर नगरपालिका कार्यालय आएका थिए ।

‘कार्ड माथिबाट शाखामा आएपछि बितरणका लागि वडा कार्यालयमा पठाएका थियौ बेदकोट नगरपालिका सूचना प्रबिधि शाखा एमएस सफ्ट अफिसर महेशराज खत्रीले भने, ‘त्यतैबाट बाँडिएका छन् ।’

अति गरीबको कार्ड पाउनु पर्नेमा मध्यम खालको दिएको भन्दै गुनासो लिएर स्थानीय शाखामा आएको उनले बताए ।

बेदकोट नगरपालिका ६ का राम सिंह भण्डारी आफूले सरकारी जागिर, पक्की घर र जग्गा भएकाले पनि अति गरीबको कार्ड बनाएको देखेको बताए । ‘त्यस्ता मान्छे मेरै गाउँमा पनि ६÷७ जना छन्’ उनले भने ।

बेदकोट नगरपालिकामा २०७७ मा राज्य सुविधा परिचय पत्र बनाउने प्रक्रिया सुरु भएको थियो । सबै वडामा एक एक जना कर्मचारी नियुक्त गरी तथ्यांक संकलन गरिएको थियो । बेदकोटमा १० वडा छन् ।

्सबै वडामा तथ्याङ्क संकलन सकिएपछि दावी बिरोध, उजुर बाजुरका लागि सार्वजनिक सूचना लगाइएको थियो । दावी बिरोध सूचनापछि परिचय पत्र तयार गरी बितरण गरिएका हुन ।

बिपन्न परिवारलाई राज्यका सेवा सुबिधा प्रदान गर्नका लागि अभिलेख तयार गर्न राज्य सुविधा परिचय पत्र दिइएको छ ।

बेदकोट नगरपालिकाका प्रशासकीय अधिकृत नर बहादुर कार्कीले मन्त्रालयबाट कार्ड तयार भएको बताए ।

अति गरिब, मध्यम गरिब र सामान्य गरिब परिवारको पहिचान गरी राज्यबाट दिइने विभिन्न छुट, सहुलियत र अनुदान उपलब्ध गराउन परिचय पत्र दिइएको हो ।

अति गरिब परिचय पत्रको रङ्ग रातो, मध्यम गरिब परिचय पत्र पहेँलो र सामान्य गरिब परिचय पत्र रङ्ग निलो राखिएको छ ।

Himal dental
सम्बन्धित
Loading...