
काँग्रेस संस्थापन इतरको कञ्चनपुर ३ क्षेत्रीय सभापतिमा केशब चन्दको एकल उम्मेदवारी, क्षेत्रीय सभापतिमा निर्विरोध दोहोरिँदै
सचिव र सह सचिवका तीन तीना जना दाबेदार

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको कञ्चनपुर क्षेत्र नं. ३ को क्षेत्रीय समिति सभापतिमा केशब चन्दको एकल उम्मेदवारी परेको छ ।
काँग्रेस संस्थापन इतरको १५ औं महाधिवेशन अन्र्तगत पार्टी कार्यालयमा जारी क्षेत्रीय अधिवेशनमा आइतबार उम्मेदवारी दर्ता गरिएको छ ।
क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका चन्द निवर्तमान सभापति हुन् । काँग्रेसको १४ औं महाधिवेशनमा उनी चुनाव लडेर क्षेत्रीय सभापति भएका थिए ।

अहिले १५ औ चन्दको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् । निर्वाचन समितिले आधिकारिक रुपमा अझै घोषणा गरेको छैन ।
चन्द क्षेत्रीय सभापति अघि क्षेत्रीय सचिव थिए । यस पटक चन्दले नेताहरुलाई आफू क्षेत्रीय नेतृत्व बाहिर बस्ने चाहना राखेका थिए । नेताहरुको आग्रहमा चन्द क्षेत्रीय सभापति दोहोरिएका हुन् ।
क्षेत्रीय सचिवमा उमेश प्रसाद जोशी, धन सिह महरा र अर्जुन भट्टले उम्मेदवारी दिएका छन् । उनीहरुमध्ये जोशी निवर्तमान क्षेत्रीय सचिव हुन् । अर्का निवर्तमान क्षेत्रीय सचिव गंगा भट्ट महाधिवेशन प्रतिनिधिका उम्मेदवार भएका छन् ।
क्षेत्रीय सह सचिवका लागि शिवराज भट्ट, चन्द्र सिह विष्ट जगदीश सिह विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन समितिका लागि क्षेत्रीय सदस्यमा भोजराज पन्त, प्रदिप कुमार साउँद, विनय कुमार जोशी, गोदावरी भण्डारी, नारायण सिह पुजारा, सुरेन्द्र प्रसाद जोशी, नारायण सिह नायक, हरि सिंह खड्का, अमृता कुमारी खड्का, जशोदा चन्द, सुरेन्द्र चन्द, अम्बिका कुँबर, निरदेबी साउँद, देबकी विष्ट, तेज बहादुर कुँबर, केशवराज जोशी, सुभास नेगी, केशव बहादुर कुँबरले उम्मेदवारी दिएका छन् ।
