

महेन्द्रनगर । बेलौरीका पुराना काँग्रेस नेता दान बहादुर पाण्डे काँग्रेस संस्थापन इतरको महाधिवेशन प्रतिनिधि भएका छन् । संस्थापन इतरको १५ औं महाधिवेशनका लागि पाण्डे कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि भएका छन् ।
पाण्डे पूर्व गृहमन्त्री रमेश लेखकका विश्वासिला नेता मानिन्छन् । लामो समय काँग्रेस राजनीतिमा सक्रिय उनी पहिलो महाधिवेशन प्रतिनिधि भएका छन् ।
पार्टीभित्र योगदानका आधारमा नेता कार्यकर्ताको मूल्याङकन हुनु् पर्ने लबिङ्ग गर्दै आएका उनी आफैं पछाडि परेका थिए ।
वर्षौसम्म भूमिका विहीन भएर पार्टीमा बसेका अन्ततः काँग्रेस अप्ठेरो अवस्थामा पुगेका बेला महाधिवेशन प्रतिनिधि हुन पुगेका हुन् ।
पाण्डेय राजनीतिलाई पद र प्रतिष्ठासित जोडेर हेर्न नहुने बताउँछन् । पाण्डे राजनीतिलाई जनताको सुख दुःखमा साथ दिने, समाजको हितमा समर्पित हुने र विचारमा इमानदार रहने यात्राका रुपमा लिने गर्छन् ।

बेलौरीमा उनी समाजसेवीका रुपमा परिचित छन् । ‘कांग्रेसप्रतिको लामो राजनीतिक आबद्धता र सक्रियताले केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा निर्वाचित भएको छु’ उनले भने ।
काँग्रेस विशेष महाधिवेशनपछि अहिले विभाजन हुने दिशामा पुगेको छ । अहिले संस्थापन र इतर दुबै समूहले आफ्ना महाधिवेशन गरि रहेका छन् ।
संस्थापनले काठमाडौंमा १५ महाधिवेशन गरि सकेको छ । संस्थापन इतरको मंसिर तेस्रो साता महाधिवेशन गर्न तल्लो समितिका निर्वाचन अघि बढाएको छ ।
पाण्डेय विशेष महाधिवेशनपछि १४ औं महाधिवेशनको समितिलाई साथ दिँदै संस्थापन इतरमा बसेका हुन् ।
काँग्रेस संस्थापत इतरले १५ औं महाधिवेशनलाई नियमित महाधिवेशन भनेको छ । पाण्डे राजनीतिमा युवा पुस्ता अझै आउनु पर्ने बताउँछन् ।
कञ्चनपुर १ बाट पाण्डे सहित तोय प्रसाद शर्मा, भुलिया राना, मोहन बहादुर सिह, नविन तिमिल्सिना, कल्पना श्रेष्ठ, तिर्थराज उपाध्यय, बैदार राना, कृष्ण बहादुर तामाङ्ग, तुलसी अर्याल, मनिसा बोहरा, बन्धु राना, सुक बहादुर तामाङ्ग, जगत साया, अर्जुन बहादुर सिंह, राधिका जोशी, पार्वती थापा, महेशराज जोशी, पुस्कर बडाल, उत्तम खडायत, प्रकाशराज पन्त, भागरथी विष्ट, मोहन बहादुर कुँबर, नगेन्द्र बहादुर शाही, राम लाल राना, पृत बहादुर विष्ट, धन सिंह कार्की, दिपेन्द्र प्रकाश साउँद, मनिराम उपाध्यय, कृष्णा गिरी, नरेश पण्डित, शेर सिह टेर, अतिराम चौधरी, हर्क सिह महता र राज बहादुर मल्ल महाधिवेशन प्रतिनिधि भएका छन् ।
