ghar sansar

अन्यत्र जानु छ भन्दै रास्वपा भीमदत्तको शुभ कामना कार्यक्रमबाट एकै छिनमा निस्केर बाहिरिए जिल्ला सभापति विष्ट

khasi

महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) भमिदत्त नगर समितिले कञ्चनपुर उद्योग बाणिज्य संघमा आयोजना गरेको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रमबाट जिल्ला सभापति पदम विष्ट अचानक निस्केर बाहिरिएका छन् ।

कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महताको प्रमुख आतिथ्य र नगर सभापति दिनेश भट्टको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

dirghayi clinic

कार्यक्रममा सभापतिलाई अध्यक्षता र साँसद महतालाई मात्रै आशन ग्रहण गराएपछि अन्य सबैलाई सामूहिक रुपमा आशन ग्रहण गराइएको थियो ।

कार्यक्रम उद्घाटनसम्म बसेका सभापति विष्ट आफूले अन्तै कार्यक्रममा जानु पर्ने भएको भन्दै निस्केका थिए ।

रास्वपा नेता कार्यकर्ताका अनुसार सभापति विष्टले बेदकोटको कार्यक्रममा जाने भनेको बताएका छन् ।

कार्यक्रममा रास्वपा कञ्चनपुरका निर्वतमान सचिव रामदत्त भट्टले स्वागत मन्तव्य राखेका थिए ।

Himal dental
सम्बन्धित
Loading...