

महेन्द्रनगर । सत्तारुढ रास्वपाको भीमदत्त नगर समितिले आयोजना गरेको शुभ कामना आदानप्रदान कार्यक्रममा पार्टी केन्द्रीय सदस्य चाँदनी ऐरी अनुपस्थित भएकी छन् ।
भीमदत्त नगरपालिकाका वासिन्दा ऐेर बुधबार रास्वपाको नगर समितिले गरेको कार्यक्रममा सहभागी नभएकी हुन् ।
कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महता कार्यक्रममा प्रम्ख अतिथि थिए ।

केन्द्रीय सदस्य ऐरी कार्यक्रममा नआएको सहभागीले बताए । रास्वपाले ऐरलाई कार्यक्रममा आमन्त्रण गरे नगरेको आधिकारिक रुपमा धारणा बाहिर ल्याएको छैन ।
ऐरी रास्वपा पार्टी गठनदेखि सक्रिय छन् । रास्वपाको दोधारा चाँदनी नगर समितिले गरेको शुभ कामना आदानप्रदानमा भने ऐरी सहभागी भएकी थिइन् ।
रास्वपा कञ्चनपुरका सभापति पदम विष्ट पनि केही समय कार्यक्रममा सहभागी भएर निस्किएका थिए ।
