

महेन्द्रनगर । पूर्व नापी अधिकृत इन्द्र बहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । भीमदत्त ६ का शाहीले बिहीबार कञ्चनपुर उद्योग बाणिज्य संघमा आयोजित कार्यक्रममा रास्वपा प्रवेश गरेका छन् ।
रास्वपा भीनपा ६ का वडा सभापति राजेन्द्र बहादुर चन्दले शाही सहित २२ जना पार्टी प्रवेश गरेको जानकारी दिए ।

वडा सभापति भएपछि चन्दले भीनपा ६ मा रास्वपालाई टोल टोलमा पुगाउने अभियान चलाएका छन् ।
चन्दले रास्वपाको क्यान्डिडेट क्लबमा निवेदन समेत दिएका छन् । बिहीबार कार्यक्रममा चार सय बढीले रास्वपा प्रवेश गरेका छन् ।
कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महताले सबैलाई टिका र खादा लगाएर पार्टी प्रवेश गराएका छन् ।
