

महेन्द्रनगर । अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले सहिद भीमदत्त पन्तको एक सय जन्म जयन्ति (शताब्दीऔं ) जन्म जयन्ति मनाएको छ ।
प्रतिष्ठानले सो अवसरमा विहान कार्यालयमा औपचारिक कार्यक्रम गरेको छ । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग सदस्य डा.हिरा चन्दको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रमको अध्यक्षता अध्यक्ष हरि प्रसाद जोशीले गरे ।


प्रतिष्ठानका सचिव कर्ण बहादुर चन्दले कार्यक्रम सञ्चालन गरे । कार्यक्रमका प्रमुख अतिथि चन्द सहित सबैले पन्तको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जी दिए ।
यसैगरी साँझ समाज कल्याण अञ्चल बाल अनाथालयमा खाद्यान्न एव शैक्षिक समाग्री वितरण गरिएको छ । प्रतिष्ठानका अध्यक्ष जोशीले अनाथालयका सचिव लवदेब भट्टलाई समान हस्तान्तरण गरे ।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी लगायत सहभागी भएका छन् । प्रतिष्ठानका अध्यक्ष हरि प्रंशाद जोशीले राज्यले क्रान्तिकारी किसान नेता शहीद भीमदत्तप्रति अपेक्षा गरेको बताउँदै जनताको अधिकारका लागि जिवन नै उत्र्सग गरेका महान व्यक्तिहरुप्रतिको सम्मान गरिनु पर्नेमा जोड दिए ।
