ghar sansar

छाडा चौपाया नियन्त्रणका लागि कस्सिए दोधारा चाँदनीका मेयर लिम्बु

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनीका किसानहरुले छाडा चौपायाका कारण सास्ती भोग्दै आएका छन् । खेतमा लगाएको धानको बिउ, मकै तथा तरकारी खेती गाई, गोरुले खाएर बाँझो खेत जस्तै बनाई दिने गरेका कारण उनीहरु सास्ती भोग्दै आएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले केही दिन आफ्नो सामाजिक संजालमा छाडा चौपाया ब्यवस्थापनमा कुनै ठोस निर्णय नगरि घर दैलोमा भेटघाट कार्यक्रममा नजाने उद्धघोष गरेका थिए । त्यसपछि मेयर लिम्बुले सरोकारवाला संग बैठक बसेर छाडा चौपाया ब्यवस्थापनको बारेमा छलफल चलाएका थिए । दोधारा चाँदनी नगरपालिकाको प्रमुख समस्या मध्य छाडा चौपाया ब्यवस्थापनलाई लिईएको छ् ।

,orning glory badhai
dirghayi clinic

स्थानिय निर्वाचनमा सबै दलका उम्मेदवारको प्रमुख मुद्धाको रुपमा छाडा चौपाया ब्यवस्थापन समेत रहेको थियो । सरकारले किसानहरुलाई समयमा मलखाद, बिउ बिजन, सिचाईको लागी बिद्युत्त सेवा सहज उपलब्ध नगराएको गुनासो संग रातीको समयमा छाडा चौपायाहरुले धानको बिउ, मकै तथा तरकारी बाली खाएर नष्ट गरेको बिषयमा किसानहरुमा थप पिडामा रहेको बताउदै कम्तीमा छाडा चौपाया व्यस्थापन मात्रै गर्न सके किसानहरुलाई राहत मिल्ने स्थानियहरु किसानहरुको गुनासो छ ।

दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीहरुले छाडा चौपाया ब्यवस्थापनमा आफु लागि परेको बताएका छन् । शुक्रबार दोधारा चाँदनी नगरपालिकाको नगर सभाको बिहान दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सामाजिक संजालमा दोधारा चाँदनी नगरपालिकाको नगर सभा सम्पन्न भएको भोली पल्टबाटै छाडा चौपाया ब्यवस्थापनमा आफै खट्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

छाडा चौपाया ब्यवस्थापनको लागी सामुदायिक बन तथा खाली क्षेत्रमा तारवार गरि छाडा चौपाया ब्यवस्थापनको कार्य सुरु भईरहेको दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

यस वर्षमा छाडा चौपाया ब्यवस्थापनको लागि २० लाख बराबरको काम गरिने र आगामी आर्थिक वर्षको लागी दोधारा चाँदनी नगरपालिका कार्यालयले प्रदेश सरकारलाई छाडा चौपाया ब्यस्थापनको लागी समन्वय गर्ने कार्यक्रम बनाईएको बताईएको छ ।

Himal dental
सम्बन्धित
Loading...