ghar sansar

कञ्चनपुर क्षेत्र नं.१ क मा एमालेबाट तीन र ख मा १३ उम्मेदवार सिफारिश

khasi

महेन्द्रनगर । नेकपा(एमाले) ले कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का दुबै प्रदेश सभा क्षेत्रबाट उम्मेदवारका नाम सिफारिश गरेको छ । एमालेको प्रदेश समन्वय कमिटीको आइतबार बसेको बैठकटबा उम्मेदवारका नाम जिल्ला कमिटीमा सिफारिश गरिएका छन् ।

dirghayi clinic

प्रदेश सभा क्षेत्र क मा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्त अधिकारी सहित विश्वनाथ विष्ट र पूर्णा गुरुङ्गको नाम सिफारिश गरिएको छ । गुरुङ्ग केही दिन अघि मात्रै एकीकृत समाजवादी छाडेर एमाले फर्किएकी थिइन् ।

यसैगरी प्रदेश सभा ख बाट १३ जनाको नाम सिफारिश गरिएको छ । प्रदेश समन्वय कमिटी बैठकमा आकाँक्षी राखेका सबैले अडान नछाडेपछि उनीहरुको नाम सिफारिश गरिएको छ ।

उनीहरुमा एमाले जिल्ला कमिटी सचिव पल्लवराज भट्ट सहित बजारे चौधरी, दुर्गा खरेल, भीम बहादुर थापा, टेक बहादुर साउँद, यज्ञ प्रसाद कँडेल,बलदेब सिह बुडाल, कुलबीच चौधरी, राधाकृष्ण जोशी, मर्यादा विष्ट, लक्ष्मण भाट, पुष्पराज जोशी र धिरेन्द्र जोशी छन् ।

Himal dental
सम्बन्धित
Loading...