ghar sansar

बेलडाँडीका अध्यक्ष रानाले चार महिनासम्म लिएनन् इन्धन सुविधा

little buddha academy
khasi

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले चार महिनासम्म गाउँपालिकाबाट पाउन इन्धन सुविधा छाडि दिएका छन् । शिक्षक पृष्ठभूमिका राना स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर गाउँपालिका अध्यक्ष भएका हुन् ।

अध्यक्ष निर्वाचित भएर कार्यभार सम्हालेपछि अध्यक्ष रानाले गाउँपालिकाको आर्थिक बेथिति नियन्त्रण गर्ने प्रतिवद्धता गरेका थिए । गाउँपालिकाको आर्थिक बेथिति नियन्त्रणमा लागेका अध्यक्ष राना आफैंले इन्धन सुविधा समेत नलिएर आर्थिक मितव्ययिता कायम राख्न खोजेका छन् ।

,orning glory badhai

गाउँपालिकामा गाडी छ । उनी गाउँपालिका बाहिर जाँदा मात्रै थाडी प्रयोग गर्दै आएका छन् । गाउँपालिकाले दशै तिहारको अवसरमा गरेको शुभ कामना आदानप्रदान कार्यक्रम तथा पत्रकार सम्मेलनमा अध्यक्ष रानाले आफूले चार महिनाम्म इन्धन सुविधा नलिने सार्वजनिक गरेका हुन् ।

dirghayi clinic

‘निर्वाचित भइसकेपछि पालिकामा चार महिना भइसक्दा पनि अहिलेसम्म मैले इन्धन लिएको समेत छैन’ कार्यंक्रममा उनले भने,‘मैले सेवा सुविधा लिएको छु भनेर गलत प्रचार गरिएको छ, यो राम्रो होइन ।’

सुदूरपश्चिम प्रदेश सरकारको स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरुले पाउने सेवा सुविधा उल्लेख गरिएको छ । अध्यक्ष रानाले ऐनमा भएको व्यवस्था अनुसार पनि इन्धन सुविधा नलिएका हुन् ।

अध्यक्ष रानाले पत्रकार सम्मेलन गरी अघिल्लो वर्ष पत्रपत्रिकामा भएको अन्धाधुन्ध खर्च सार्वजनिक गरि दिएका छन् । अघिल्लो कार्यकालमा आन्तरिक आम्दानी भन्दा पत्रपत्रिकामा बढी खर्च गरिएको थियो ।

बेलडाँडी गाँउपालिका ५ ईमलिया राना काँग्रेस उप सभापनि हुन अघि गणेश माविमा शिक्षक थिए । उप सभापति भएपछि राजीनामा दिएर उनी अध्यक्ष भएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...