ghar sansar

भीमदत्तमा उप मेयरले बढाइन सक्रियता, बजार व्यवस्थापनका लागि सरोकारवालासित छलफल

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले महेन्द्रनगर बजारलाई व्यवस्थित बनाउन सरोकारवालासित छलफल गरेकी छन् । नगरपालिका कार्यालयमा कार्यक्रम गरी उनले बजार क्षेत्रमा सवारी पार्किङ्ग, फुटपाट, ठेलागाडा व्यवस्थापन र बजार क्षेत्र सरसफाईका लागि छलफल गरेकी छन् ।

कार्यक्रममा कार्य वाहक मेयरको हैसियतमा उप मेयर जोशीले अध्यक्षतामा गरेकी छन् । मेयर पदम बोगटी केही दिनदेखि कार्यालय बाहिर छन् । 

,orning glory badhai
dirghayi clinic

भीमदत्त नगरपालिकालाई स्वच्छ र सुन्दर नगरपालिका निर्माण गर्नका लागि सरोकारवालासित छलफल गरी सुझाव लिइएको बताइन् । 

‘सरोकारवालहरुबाट सुझाव संकलन गरिसकेपछि हामीले तत्काल सवारी पाकिङ,ठेलागाडा र फुटपाट व्यवस्थापनको काम अघि बढाउने निर्णय गरिएको छ’ उनले भनिन्, ‘पाकिङ,ठेलागाडा र फुटपाट व्यवस्थापनका लागि स्थानिय प्रहरीको सहयोगमा नगर प्रहरीहरुले काम गर्ने छन् ।’

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक श्याम चौधरी, जनप्रतिनिधि, हाटेल व्यवसायी, राजनीतिक दलका नेता, गैर सरकारी संस्थाका प्रतिनिधि सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...