ghar sansar

रावललाई टिकट नदिएपछि एमाले अछामका चार जिल्ला सचिवलाय सदस्य सहित ४० जनाले छाडे पार्टी

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा (एमाले) का नेता डाक्टर भीम रावलको टिकट खोसिएपछि उनको गृह जिल्ला अछाममा एमालेभित्र विद्रोह भएको छ । अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका नेता रावलको टिकट खोसिएपछि एमाले अछाममा विद्रोह भएको हो ।

नेता रावललाई टिकट नदिइएको भन्दै नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन्। जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्लीसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका हुन् ।

,orning glory badhai

पार्टीको केन्द्रले टिकट वितरण गर्दा जिल्ला कमिटीले गरेको सर्वसम्मत निर्णयलाई लत्याएर पार्टीको नेता तथा कार्यकर्ता र जनभावनाविपरीत निर्णय गरेकाले आफूहरुले पार्टी छाडेको उनीहरुले जनाएका छन् ।

dirghayi clinic

अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन्। ओलीले रावलको क्षेत्रमा झपट बोहरालाई टिकट दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन् ।

तर बोहराले चुनाव लड्नै नचाहेको अवस्थामा पनि पार्टी नेतृत्वले जबर्जस्ति उनलाई टिकट दिएको एकाले अछामका नेताह्रुको दाबी छ ।

एमाले नेता रावलले अछामबाट विसं २०४८ सालदेखि नै चुनाव लड्दै आएका छन्। ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट विजयी भएका थिए । रावलले ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे । त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागेका थिए। ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुईचोटि सांसद बनेका थिए ।

०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट विजयी भएका थिए । रावलले ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे । त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागेका थिए । ०७०÷०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुईचोटि सांसद बनेका थिए ।

Himal dental
सम्बन्धित
Loading...