ghar sansar

कञ्चनपुर ३ मा उम्मेदवारी दर्तापछि एमाले र राप्रपाले गरे संयुक्त पत्रकार सम्मेलन, दुबै दलका उम्मेदवार सहित नेताहरु सहभागी

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नं. ३ मा चुनावी तालमेल गरी उम्मेदवारी दिएपछि नेकपा एमाले र राष्ट्रिउ प्रजातन्त्र पार्टीले आइतबार साँझ पत्रकार सम्मेलन गरेका छन् । दुबै पार्टीका उम्मेदवार र नेता सहित कार्यक्रममा उनीहरुले तालमेलको औचित्य र चुनावी एजेण्डाबारे जानकारी दिएका छन् ।

कञ्चनपुर ३ मा एमाले र राप्रपाबीच शनिबार साँझ तालमेलका लागि सहमतिमा पत्रमा हस्ताक्षर गरिएको थियो । त्यस अनुसार कञ्चनपुर ३ मा एमाले र प्रदेश सभाका दुई क्षेत्रमध्ये एकमा एमाले र अर्कोमा राप्रपाले उम्मेदवारी दर्ता गराएको छ ।

,orning glory badhai

आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृत कार्यालयमा एमालेपछि राप्रपाले उम्मेदवारी दर्ता गराएको हो । उम्मेदवारी दर्तापछि दुबै दलका उम्मेदवार र पार्टी नेताले संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

पत्रकार सम्मेलनमा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पोलिटब्युरो सदस्य निरुदेवी पाल, प्रदेश सभा ख का उम्मेदवार जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट, पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल, राप्रपाबाट प्रदेश सभा क का उम्मेदवार धर्मराज जोशी, केन्द्रीय सदस्यहरु तिर्थराज चटौत, नन्दादेवी जोशी र जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द सहभागी भएका छन् ।

dirghayi clinic

पत्रकार सम्मेलनमा एमाले राप्रपा दुबैका उम्मेदवार र नेताले आफ्नो धारणा राखेका छन् । कार्यक्रममा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार पालले राष्ट्र र राष्ट्रियताको अडानले दुबै पार्टीबीच चुनावी तालमेल गरिएको बताइन् । ‘समयको आवश्यकता हो, राष्ट्र र राष्ट्रियताको सवालमा एक भएका छौ’ उनले भनिन्,‘यसले निर्वाचनमा दुबै पार्टीको जित निश्चित भइ सकेको छ ।’

राप्रपाका प्रदेश सभा सदस्य उम्मेदवार जोशीले दुबै पार्टीका सिद्धान्त र विचार फरक भए पनि राष्ट्रिय आवश्यकताको आधारमा तालमेल गर्न बाध्य भएको बताए । ‘दुबै पार्टीको मूल्य मान्यता, सिद्धान्त फरक छन्, यो चुनावी तालमेल मात्रै हो’ उनले भने,‘यसले राम्रो हुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्र र राष्ट्रियता प्रतिको अडान, विकासका मुद्दाका कारण चुनावी तालमेल गरिएको उल्लेख उनले गरे ।

कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले दुबै पार्टीबीच छलफल गरी चुनावी तालमेल गरिएको बताए । ‘यो पार्टी एकीकरण होइन, चुनावमा तालमेल हो, यसमा केही असन्तुष्टि आएका छन्’ उनले भने, तिनलाई व्यवस्थापन गरी अघि बढ्छौ ।’

पत्रकार सम्मेलनमा एमाले पोलिटब्यृुरो सदस्य राजेन्द्र सिह रावल, राप्रपाका केन्द्रीय सदस्य चटौत र जोशी, जिल्ला अध्यक्ष चन्दले धारणा राखेका छन् ।

Himal dental
सम्बन्धित
Loading...