ghar sansar

दोधारा चाँदनीका मेयर लिम्बुले समाजवादीका उम्मेदवार रावललाई बधाई दिएपछि एमालेमा हल्लीखल्ली

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क का प्रदेश सभा सदस्य उम्मेदवार प्रकाश रावललाई बधाई सहित शुभकामना दिएपछि एमाले नेता कार्यकर्तामा हल्लीखल्ली मच्चिएको छ ।

मेयर लिम्बुले बधाई दिएका रावलका क्षेत्रमा एमाले र राप्रपाबाट धर्मराज जोशी साझा उम्मेदवार छन् । उनले रावललाई बधाई सहित सफलताको लागि अग्रिम बधाई सहित शुभ कामना दिएका छन् । मेयर लिम्बु बाहेक एमालेका केही नो कार्यकर्ताले पनि रावललाई बधाई तथा शुभकामना दिएका छन् । 

,orning glory badhai

सत्ता गठबन्धनमा एकीकृत समाजवादीले टिकट नपाएपछि रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनी सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री छन् । उनी अघिल्लो निर्वाचनमा एमालेबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

dirghayi clinic

स्थानीय तह निर्वाचनबाट मेयरमा निर्वाचित लिम्बु एमालेका जिल्ला कमिटी सदस्य हुन् । उनी एमालेको दोधारा चाँदनीको नगर कमिटीका निवर्तमान अध्यक्ष हुन् ।

मेयर लिम्बुले रावललाई बधाई दिएर एमाले राप्रपा चुनावी तालमेलमा असहयोगी भूमिका निभाउन खोजेको अर्थका रुपमा लिइएको छ । एमाले र राप्रपाबीच कञ्चनपुर ३ मा चुनावी तालमेल भएको छ ।

मेयर लिम्बुले प्रतिस्पधी दलका उम्मेदवारलाई बधाई र शुभ कामना दिएपछि नेता कार्यकर्ताले सोच्न थालेको एमालेका एक नेताले बताए ।

‘चुनावमा उम्मदवारलाई बधाई तथा शुभकामना दिनुलाई नराम्रो मानिँदैन, पार्टीबाट निर्वाचित नेताले यसरी अर्को पार्टीका उम्मेदवार शुभ कामना दिँदा राम्रो सन्देश जाँदैन’ ती नेताले भने,‘चुनावका बेला यस्तो गर्न नेताको हैसियतमा सुहाउने कुरा हुँदैन ।’

Himal dental
सम्बन्धित
Loading...