ghar sansar

दोधारा चाँदनीको स्थानीय पाठ्यक्रममा खुला सीमाका विषय पनि समावेश गरिने, मेयर उप मेयर सहितले खोज्दै विषय वस्तु

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकाले खुला सीमाका समस्या, अवसर र चुनौतीलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न विषय वस्तु खोजीमा जुटेको छ । नगरपालिकाले हाम्रो दोधारा चाँदनी स्थानीय पाठ्क्रममा खुला सीमाका विषय समावेश गर्न लागेको हो ।

विषय वस्तु खोजीका लागि मेयर किशोर कुमार लिम्बु र उप मेयर गंगा जोशी शिक्षाव्दि सहित सीमा क्षेत्र पुगेका छन् । उनीहरुले सीमा क्षेत्रमा स्थलगत निरीक्षण र वासिन्दासित कुराकानी गरेका छन् ।

दोधारा चाँदनीका मेयर लिम्बुले केही दिन अघि सीमा क्षेत्र निरीक्षण गरेका थिए । आइतबार उप मेयर जोशी सहितले नेपाल–भारत सिमा क्षेत्रमा पुगेको हो । टोलीले कञ्चनभोज वडा नं. ७ कञ्चनभोजस्थित सीमा स्तम्भ नं. ७९७÷१, ७९७÷२, ७९७÷३, ७९७÷४ र १५ नम्वरको जंगे पिल्लरको अनुगमन गरेका छन् ।

dirghayi clinic

स्थानीय पाठ्यक्रममा स्थानीय पेशा, व्यवसाय तथा आर्थिक क्रियाकलाप, धर्म, संस्कृति र पर्यटन, मानवीय मूल्य मान्यता र कुरीति, स्वास्थ्य, खेलकूद र सडक सचेतना, हाम्रा प्राकृतिक सम्पदा, प्रकोप तथा विपद्, खुला सिमाना अवसर र चुनौती, स्थानिय व्यक्तित्व तथा संघ–संस्थाहरु विषयवस्तु समावेश गरिने भएका छन् ।

उप मेयर जोशी नेतृत्वको टोलीमा वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य कमला उपाध्याय्, लक्ष्मी माध्यमिक विद्यालयका प्रधानध्यापक काशीराम जोेशी, स्थानिय शिक्षाविद् श्रीनाथ बराल, सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चादनी, कञ्चनभोजका सई नवराज खड्का, बाबाथान प्रहरी चौकीका असई चक्र सिंह, भारतीय सीमा सुरक्षा बल (एसएसबी) बिओपी सिसैया, उत्तराखण्डका ईन्चार्ज जितेन्द्र कुमार नेगी लगायत सहभागी भएका छन् ।

स्थानिय स्तरमा रहेका मूल्यमान्यता, कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानिय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याउने तयारी भईरहेको बताईएको छ् । खुला सिमाना अवसर र चुनौती बिषय स्थानिय पाठ्यक्रममा समावेश गर्नु पर्ने भएको हुँदा दोधारा चाँदनीको नेपाल–भारतको दशगजा क्षेत्रमा पिल्लरको अवस्थाको बुझ्न अवलोकन गरिएको हो ।

एक सय पूर्णाङको सो पाठ्यक्रममा स्थानिय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचान लगाएत सम्पूर्ण पक्षलाई समेटेर पुस्तक निर्माण गरिने शिक्षाविद् बरालले बताए । निमार्ण गरिने पुस्तकको नाम ‘हाम्रो दोधारा चा“दनी’ रहने बताईएको छ ।

Himal dental
सम्बन्धित
Loading...