ghar sansar

कञ्चनपुर ३ क का स्वतन्त्र उम्मेदवार भट्टले उम्मेदवारी निष्क्रिय पार्दै जोशीलाई दिए समर्थन

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ क मा एमाले राप्रपाका संयुक्त उम्मेदवार धर्मराज जोशीले स्वतन्त्र उम्मेदवार महादेब भट्टले साथ दिएका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै जोशीलाई साथ दिएका हुन् ।

dirghayi clinic

जोशीलाई योग्य उम्मेदवार देखेर समर्थन गरेको भट्टले बताए । दुबै जनाले सोमबार संयुक्त प्रेस विज्ञप्तीसमेत जारी गरेका छन्। ‘प्रदेशसभाको ३ (१) मा जोशीको जीत अपरिहार्य छ,’ विज्ञप्तीमा उल्लेख छ, ‘मैले दिएको स्वतन्त्र उम्मेदवारी आजैका मितिदेखि स्थगित गरी राप्रपाका धर्मराज जोशीलाई समर्थन गर्दछु ।’

,orning glory badhai

भट्टले आफू पनि जोशीको प्रचारप्रसारमा खटिने जानकारी दिए । जोशीलाई क्षेत्र नं. ३ (१) मा एमालेको पनि समर्थन छ। पञ्चायतकालमा दुई पटक तत्कालिन महेन्द्रनगर नगर पञ्चायतका प्रधानपञ्च समेत भएका जोशी राप्रपाको सुदूरपश्चिम अध्यक्षसमेत हुन् ।

पाका र अनुभवि नेतामा गनिने जोशीको यो क्षेत्रमा राम्रो व्यक्तिगत मत रहेको मानिन्छ।

Himal dental
सम्बन्धित
Loading...