ghar sansar

काँग्रेसका बाँगी सिहले खोले भीमदत्तका दुई वडामा सम्पर्क कार्यालय, भने– राजनीति सेवा हो, पेशा होइन्, त्यसैले एक पटक मात्रै सत्तामा पुग्नु पर्छ, जनताको सेवा गर्नेलाई मात्रै मतदान गर्नु होला

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले भीमदत्त नगरपालिकाका दुई वडामा सम्पर्क कार्यालय खोलेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सिंहले बुधबार भीमदत्त नगरपालिका–७ केरियन चौराहा र वडा नं. १९ मा सम्पर्क कार्यालय खोलेका हुन् ।

,orning glory badhai
dirghayi clinic

उनले भीमदत्त र दोधाराचाँदनी नगरपालिकाका अधिकांस वडामा सम्पर्क कार्यालय खोली सकेका छन् । युवाहरुलाई साथमा लिएर सिंह घरदैलो कार्यक्रममा व्यस्त छन् । उनले निः शुल्क शिक्षा, खानेपानी र स्वास्थ्यलाई मुख्य एजेण्डा बनाएका छन्।

स्वतन्त्र उम्मेदवार सिंहले पटक–पटक सत्तामा पुग्ने तर जनताको काम नगर्ने उम्मेदवारलाई मतदान नगर्न आह्वान गरेका छन् ।

‘यो क्षेत्रबाट पटक पटक निर्वाचित भएका व्यक्तिहरु पनि चुनावी दौडमा छन्, उनीहरुले यतिका वर्ष जनतालाई झुटा आश्वासन बाँडे,’ उनले भने, ‘राजनीति सेवा हो, पेशा होइन्, त्यसैले एउटा व्यक्ति एक पटक मात्रै सत्तामा पुग्नु पर्छ, जनताको सेवा गर्नेलाई मात्रै मतदान गर्नु होला ।’

Himal dental
सम्बन्धित
Loading...