
शुक्लाफाँटामा एमाले उम्मेदवार धामीले भने– ६ पटक चुनाव लड्ने व्यक्तिले यस क्षेत्रमा के काम गरेका रहेछन्


महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार नर बहादुर धामीले बिहीबार शुक्लाफाँटा नगरपालिका–८ भमरभोजमा आयोजित सभालाई सम्बोधन गर्दै धामीले कोरोना महामारीको प्रतिकूलतालाई झेलेर आफूले विकास निर्माणका काम थालनी गरेको बताएका छन् ।
उनले शुक्लाफाँटा बहुप्राबिधिक शिक्षालय सञ्चालनमा ल्याउँदा गरीबका छोराछोरीले सुलभ शुल्कमा प्राविधिक शिक्षा अध्ययन गर्न पाइरहेका उनले बताए ।

‘गरीबका छोराछोरी पनि इन्जिनियर बन्न पाइरहेका छन्,’ उनले भने, ‘इन्जिनियर बनेपछि महिनाको हजारौं–लाखौं कमाइ गर्न सकिन्छ । विदेशमा गएर रोजगारी गर्दा पनि सम्मान र पैसा दुवै पाइन्छ’ प्राविधिक शिक्षालयमा चिकित्सा क्षेत्रका विषयहरू नर्सिङ, फार्मेसी, ल्याब टेक्निसियन थप गरेर युवा जनशक्तिलाई दक्ष बनाइने उनले बताए ।
महाकाली सिँचाइ तेस्रो चरणको नहरलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर तीव्रगतिमा निर्माण अगाडि बढाइएको उनले बताए । ‘यसै क्षेत्रका सांसद मन्त्री हुँदा समेत महाकाली सिँचाइको काम कछुवा गतिमा भइरहेको थियो, मैले जितेपछि राष्ट्रिय गौरवको आयोजनामा राख्न लगाएँ र छिटोछिटो काम भयो,’ धामीले भने ।

सडक कालोपत्रे गर्ने, पुलपुलेसा बनाउने काम समेत गरिएको उनले बताए । कोरोनाका कारण एमाले सरकारले ३ वर्ष पनि राम्रोसँग काम गर्न नपाएको उनले बताए । वृद्धभत्ता ५ हजार रुपैयाँ पु¥याउन खोज्दा परमादेशबाट सरकारलाई हटाइएकाले अब निर्वाचित भएपछि वृद्धभत्ता ५ हजार पु¥याइने धामीले बताए ।
कञ्चनपुरमा ६ पटक चुनाव लडेका व्यक्तिले यस क्षेत्रमा के काम गरेका छन् भन्दै उनले नेपाली कांग्रेसका उम्मेदवार एनपी साउँदलाई प्रश्न गरेका छन् ।
गाउँगाउँमा कालोपत्रे सडक आफू निर्वाचित भएपछि मात्रै पुगेको उनले बताए । प्राविधिक शिक्षालय खोल्न, स्कूलमा भौतिक पूर्वाधार बनाउन, सडक र स्वास्थ्य चौकीमा पूर्वाधार थप गर्न पनि आफू नै निर्वाचित हुनु परेको उनले दाबी गरेका छन् ।
यसैगरी प्रदेशसभा सदस्यका उम्मेदवार वचनबहादुर सिंहले आफू निर्वाचित भएपछि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताए । आफू निर्वाचित भएपछि जनताका तटबन्धनका समस्या लगायतलाई सम्बोधन गर्ने प्रतिबद्धता उनले जनाए ।
यसैगरी प्रदेशसभा सदस्यका उम्मेदवार वचन बहादुर सिंहले आफू निर्वाचित भएपछि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताए । आफू निर्वाचित भएपछि जनताका तटबन्धनका समस्या लगायतलाई सम्बोधन गर्ने प्रतिबद्धता उनले जनाए ।
सिंहले आफू निर्वाचित भएपछि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताए । आफू निर्वाचित भएपछि जनताका तटबन्धनका समस्या लगायतलाई सम्बोधन गर्ने प्रतिबद्धता उनले जनाए ।
