ghar sansar

एमाले उम्मेदवार पालले टुँडिखेलमा भनिन्– हामी सुख दुःखमा जनतासितै छौ, चुनावका बेला भोट माग्न आउनेलाई वस्तीमा बाढी आएको कहाँ थियौ भनेर सोधौ

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पालले आफूहरु सधैं जनतासित हुने बताएकी छन् । उनले चुनावका बेला मात्रै आश्वासन लिएर भोट माग्न आउने नेताका भ्रममा नपर्न आग्रह गरिन् ।

‘यो क्षेत्रमा हामी सुखमा आएका छौ, दुुःखमा आएका छौ । पाँच वर्ष अघि र पछिको अवस्था के छ, विकास भन्ने कुरा सबैले देखेका छौ’ भीनपा ९ टुडिखेलमा गरिएको कार्यक्रममा उनले भनिन्,‘अहिले भोट माग्न आउनेलाई सोध्नु होस, बाढी आएका बेला कहाँ थियौ,त्यही बेला कहाँ थियौ भनेर सोधौ ।’

,orning glory badhai

गत वर्ष मुसेट्टीमा महाकाली नदीको बाढी वस्तीमा पसेपछि तीन स्थानीय नदी किनारका गोठमा फसेका थिए । रातभरि रुख चढेर ज्यान जोगाएका उनीहरुको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

dirghayi clinic

एमालेका निवर्तमान साँसदद्वय डा. दिपक प्रकाश भट्ट, निरुदेवी पाल र भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्टले उद्धारका लागि पहल गरेका थिए । उनीहरु वस्तीमा बाढी पसेपछि उद्धारका लागि सक्रिय भएका थिए ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार पालले काँग्रेसले २०४८ देखि एमाले विरुद्ध भ्रम फैलाउँदै गए पनि जनताले विश्वास नगरेको बताइन् ।
‘२०४८ मा काँग्रेसले एमालेले जित्यो भने बुढाबढी मार्छ भन्ने भ्रम फैलाए, एमालेले जातपात मान्दैन, यो दलित पार्टी हो भनेर भ्रम फैलाए’ उनले भनिन्,‘यी सबै जनतालाई भ्रममा पार्न गरिएका प्रचार थिए, जनताले विश्वास नै गरेन, अझै पनि विश्वास गर्दैनन् ।’

एमाले दलित, जनजाति, महिला सहित सबै गरी खाने वर्गको प्रतिनिधित्वन गर्ने पार्टी भएकाले काँग्रेसको काम भ्रम फैलाउने बाहेक अरु केही नभएको उनले बताइन् ।

‘समाजमा जो गरीब छन्, पछाडि पारिएका छन्, ती वर्गको काम गर्छ, त्यसैले एमालेलाई दलितका लागि काम गर्छ, त्यसैले त दलितको पार्टी भनियो’ उनले भनिन्,‘हो एमाले दलितका लागि काम गर्छ, महिलाका लागि काम गर्छ, दलितबाट हिरा सार्की र लक्ष्मी विक उम्मेदवार छन्, महिलाबाट छौ, जनजातिबाट छौ, सबै वर्ग क्षेत्रबाट उम्मेदवार भएर आएका छौ ।’

१८ वर्षसम्म सत्तामा बसेर खल्ला मुसेट्टी नदुखेको उल्लेख गर्दै उनले अहिले चुनावका बेला आश्वासन लिएर आउने नेताका भरोसा नगर्न आग्रह गरिन् ।

Himal dental
सम्बन्धित
Loading...