ghar sansar

मुकुन्डो लगाएर सार्वजनिक गरिए माया हत्याका अभियुक्त

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गरी माया लुहार हत्याका आरोपी सशस्त्र प्रहरी जवान भरत कोलीलाई सार्वजनिक गरेको छ । पञ्चेश्वर गाउँपाली ४ फ्याउलेकी २१ वर्षिया लुहारको हत्यापछि फरार कोली आइतबार महेन्द्रनगर वसपार्कबाट पक्राउ गरिएको थियो ।

गत मंगलबार साँझ मायाको हत्या र उनकी भदै नेहा लुहारको घाँटीमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएपछि कोली फरार भएका थिए । भारतीय सीमावर्ती क्षेत्रका नाका सहित सबैतिर प्रहरी परिचालन गरी उनको खोजी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको बताए ।

dirghayi clinic

शिवनाथ गाउँपालिका–४ का कोलीले घर विदामा आएका थिए । केही दिन अििघ कुलाउ गएर मायाको मोबाइल खोसेर लिएका उनले मायालाई मोबाइल लिन बोलाएर हत्या गरेको प्रहरीको आशंका छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्ध कारण हत्या गरिएको देखिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रेम शाहीले बताए ।

पत्रकार सम्मेलनमा मायाको अन्य संग पनि प्रेम भएको शंकाले दुबै जनाबीच विवाद हुँदा कोलीले धारिलो हतियार (चक्कु) प्रहार गरेर हत्या गरेको खुल्न आएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी प्रहरी नायब उपरीक्षक शाहीले मायाको हत्यापछि उनीसंगै भएकी नेहाले घट्नाबारे अरुलाई जानकारी गराउने आशंकामा चक्कु प्रहार गरी ज्यान मार्ने नियतले गम्भीर घाइते बनाएको देखिएको बताए ।

कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो । प्रहरीले कालो कपडाले कोलीको अनुहार छोपेर पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...