ghar sansar

भीमदत्त र दोधारा चाँदनीलाई उप महानगर बनाउन छलफल

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई उप महानगर बनाउन छलफल सुरु गरिएको छ । महाकाली नदीमा चार लेन पक्की पुल निर्माण भएर यी दुबै नगरपालिका यातायात मार्गसित जोडिएपछि उप महानगर बनाउन प्रारम्भिक छलफल गरिएको छ ।

जिल्ला समन्वय समितिमा गरिएको छलफलमा पूर्व साँसद सहित दुबै नगरपालिकाका बहालावाला र भूतपूर्व जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता सहभागी भएका छन् ।

,orning glory badhai

उनीहरु सबैले दुबै नगरपालिकाको जनसंख्या, महाकाली पुल निर्माण भएर कनेक्टिभिटी बनेको र पूर्वाधार लगायतका सबै मापदण्ड पुग्ने भएकाले उपमहानगर बनाउनेमा समान धारणा राखेका छन् ।

उप महानगर बनाउने छलफलको अगुवाई एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले गरेका छन् । उनले जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरासित समन्वय गरेपछि छलफल गरिएको छ ।

छलफलमा सहभागी सबैले भीमदत्त र दोधारा चाँदनी नगरपालिकालाई उप महानगर बनाउन समान धारणा राखेको बताए । ‘दुबै नगरपालिकाका वहालवाला र भूतपूर्व जनप्रतिनिधि, साँसद, राजनीतिक दलका नेता सबै उप महानगर बनाउने एकमत देखिनु भो, यो प्रारम्भिक छलफल हो, यसमा सबै सकारात्मक देखिनु एकदमै राम्रो कुरा हो’ उनले भने ।

dirghayi clinic

निवर्तमान साँसद भट्टले विमानस्थल, विश्वविद्यालय, सुख्खा बन्दरगाह, जनसंख्या, आम्दानी लगायतका आवश्यक पूर्वाधार सहितका सबै मापदण्डका आधारमा पनि उप महानगर बनाउने सकिने बताए ।

‘जनसंख्या, भूगोल, पूर्वाधार, आम्दानी सबै मापदण्ड उप महानगर बनाउन पुगेका छन्, पुलको कनेक्टिटिभी भएपछि अब यी दुई नगरपालिका एक आपशबाट टाढा पनि छैन’ निवर्तमान साँसद भट्टले भने,‘ दुबै नगरपालिका एकपछि संघीय सरकारबाट आउने अनुदान लगायतका स्रोत पनि बढेर विकास र समृद्धिमा टेवा पुग्छ ।’

छलफलमा भीमदत्त, दोधारा चाँदनी र बेदकोट नगरपालिकालाई मिलाएर महानगर बनाउनु पर्ने धारणा पनि आएका छन् । सहभागीहरुले महानगर बनाउने पनि छलफल चाहिने बताएका छन् ।

छलफलमा समन्वय समितिका प्रमुख बोहरा सहित भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी, दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान सदस्य लाल बहादुर खड्का, संविधान सभा सदस्य टिकेन्द्र प्रसाद भट्ट, भीमदत्तका निवर्तमान मेयर सुरेन्द्र विष्ट  लगायतका सहभागी भएका छन् ।

भीमदत्त र दोधारा चाँदनी दुबैको जनसंख्या १६ लाख ६ हजार ६ सय ५९ छ । यी दुबै नगरपालिकाको जनसंख्या बर्सेनी बढ्दै गएको छ ।

२सय २६ दशमलव ६४ वर्ग किलोमिटर क्षेत्रफल भएका यी दुबै नगरपालिकामा अहिले सुदूरपश्चिम विश्वविद्यालय, मझगाउँ विमानस्थल, दोधारा चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीबाट महाकाली करिडोर, महाकाली नदीमा झोलुङ्गे पुल र चार लेनको पक्की पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्धार, महाकाली प्रादेशिक अस्पताल लगायतका संरचना छन् ।

सिटी सेन्टर सञ्चालन, बहुउद्देश्यीय रंगशाला निर्माण, साँस्कृतिक केन्द्र निर्माण र विशेष आर्थिक क्षेत्र निर्माण लगायतका कार्य गरिनु पर्ने निवर्तमान साँसद भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...