ghar sansar

राष्ट्रिय बचत तथा ऋण सहकारीको प्रमुख कार्यकारी अधिकृतमा जोशी

khasi

महेन्द्रनगर । राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि. को प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त भएका छन् । दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रमकमा सहकारीका अध्यक्ष अशोक बहादुर चन्दले नियक्ति तथा कार्यविवरण हस्तान्तरण गरेका छन् ।

सहकरीको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति तथा कार्य विवरण पाएपछि जोशीले हालसम्म आफूले सिकेका कुरा कार्यान्वयन गर्ने ठाउमा आएको र सहकारीको माध्यमबाट सदस्यको जीवनस्तर सुधारका लागि लागिपर्ने बताए ।

dirghayi clinic

सहकारीमा युवालाई जोड्ने, प्रविधिमार्फत नविनतम सेवा दिने र सहकारीहरु एकिकरण मार्फत संस्थागत विकाश गर्ने योजना रहेको उनको भनाई छ ।

्राष्ट्रिय साकोसको भदौ अन्तिम साता भएको नवौं बार्षिक साधारण सभाले जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

बैजनाथ माध्यमिक विद्यालय जडेपानीमा १४ बर्ष शिक्षण पेशा गरेका जोशी ५ वर्ष नेफ्स्कून सेवा केन्द्र तथा सदस्य सेवा कार्यालय प्रमुख भएका छन् ।

नेफ्स्कूनले पछिल्लो समय ल्याएको स्वैच्छिक अवकाश योजना अन्र्तगत जोशीले राजीनामा दिएका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...