

महेन्द्रनगर । ब्रह्मदेब बजारमा सशस्त्र प्रहरीसित विवादमा पक्राउ परेका व्यवसायी हाजिर जमानीमा छाडिएका छन् ।
सशस्त्र प्रहरीले समान नियन्त्रणमा लिन खोजेपछि केही दिन अघि व्यवसायीसित विवाद हुँदा व्यवसायीलाई पक्राउ गरिएको थियो ।

सशस्त्र प्रहरीले अभद्र व्यवहारको जाहेरी दिएपछि प्रेम पक्राउ गरिएको थियो । अर्का व्यवसायी दिपक कार्की सम्पर्क आउन नसकेपछि बुढालाई हाजिर जमानीमा छाडिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेक बहादुर रावतले बुढालाई हाजिर जमानीमा छाडिएको बताए ।
्सशस्त्र प्रहरीको कुमासैन पोष्टको टोलीले व्यवसायीको पसलभित्र पसेपछि व्यवसायीसित विवाद भएको थियो ।
