ghar sansar

दुर्घटनामा युवकको ज्यान गएपछि दोधारा चाँदनीमा सवारी जाँच कडाई

little buddha academy
khasi

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकामा पछिल्लो समय प्रहरीले सवारी जाँचमा कडाई गरेको छ् । दोधारा चाँदनी नगरपालिकामा केही दिन अघि मात्रै सडक दुर्घटनामा एक युवकको मृत्यु भए संगै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा रहेको अस्थायी ट्राफिक प्रहरीले मोटरसाईल लगाएत टेम्पो, ट्रक, टयाक्टरको चेक जाँचमा कडाई गरेको हो ।

केही दिन अघि दोधारा चाँदनी नगरपालिका वडा नं. ६ निवासी वर्ष अन्ताजी १७ का करन चन्दको सडक दुर्घटनामा मृत्यु भएको थियो । सडक सुरक्षा चेक जाँच अन्तर्गत सडक दुर्घटना न्यूनीकरणका लागि सवारी चेक जाँचमा कडाई गरिएको बताईएको छ् ।

,orning glory badhai

सुक्रवार दोधारा चाँदनी– ७ मिलन चौराह क्षेत्रमा प्रहरीले सवारी साधन चेकजाँच सुरु गरेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको मातहतमा रहेको अस्थायी ट्राफिक प्रहरी कार्यालयमा हवल्दार शेर बहादुर चन्द र प्रहरी जवान महेश न्यौपाने कार्यरत रहेका छन् ।

बाबाथान प्रहरी चौकी ईन्चार्ज असई चक्र बहादुर सिंहले दुर्घटना न्युनिकरण गर्न चेकजाँच गरिएको बताएका छन् । सडकमा युवाहरुले नागबेली पारेर मोटरसाईकल कुदाउने, मोवाईलमा कुरा गर्दै सवारी साधन चलाउने, मादक पदार्थ खाएर चलाउने कार्यलाई रोक्न सवारी साधन चेकजाँच कार्यलाई तिब्रता दिएको बाबाथान प्रहरी चौकी ईन्चार्ज असई चक्र बहादुर सिंहले बताए ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्ड सहज बने संगै तीव्र गतिमा सवारी साधन चलाउने क्रम बढेको छ । तीव्र गतिका कारण सडक दुर्घटना दिन प्रति दिन दुर्घटना बढ्ने सम्भावना भएको कारण त्यसलाई न्यूनीकरण गर्न दोधारा चाँदनी नगरपालिकाको मुख्य सडक खण्ड तथा शाखा सडकमा प्रहरीले कारबाही गर्न शुरु गरेको हो ।

‘सवारी दुर्घटनालाई न्यूनीकरण गर्न दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सवारी सुरक्षा चेक जाँचलाई कडाई गर्दै लगेका र्छौं’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले भने– ‘सडक दुर्घटना न्युनिकरण गर्न हाम्रो सतप्रतिशत प्रयास हो ।’

उनले राती पनि सवारी साधन चेकजाँच गर्दै आएको बताएका छन् । ‘दिउसो सवारी साधन चेकजाँच नियमित छ् रातीको समयमा समेत जाँचलाई कडाई गरेका छौं’ उनले भने ।

सडक दुर्घटना बढ्न थाले संगै सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रणका लागि सडकमा विभिन्न किसिमिका चेक जाँच लगाएतको कार्यलाई समेत तीव्रता दिएको उनले बताए ।

सवारी दुर्घटना हुने प्रमुख कारणहरुमा चालकको लापरवाही, मादक पदार्थ सेवन गरि सवारी साधन चलाउनु, ओभरटेक, ट्राफिक नियमको उलंघन तथा ट्राफिक नियममा चेतनाको अभाव, क्षमता भन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमती पत्र बिना सवारी चलाउनु दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीको भनाई छ् ।

Himal dental
सम्बन्धित
Loading...