ghar sansar

भारतसित सम्झौतापछि दोधारा चाँदनी सुख्खा बन्दरगाहले गति लिन थाल्यो, संरचना बनाउन कार्य विधि तयार

little buddha academy
khasi

महेन्द्रनगर । भारतले तीन वर्षमा बनाउने सम्झौता भएपछि दोधारा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी–आइसिपी बनाउन कार्यविधि निर्माण गरिएको छ ।

झण्डै दुई सय ८० बिगाहा क्षेत्रफलमा बन्ने आईसीपीमा भन्सार, बैङ्क, गोदाम, जाँच पास, सेड, रेल्वे प्लेटफर्म, सुरक्षा निकाय, पार्किङ यार्ड, कन्टेनर यार्ड, क्वारेनटाइनलगायतका आवश्यक भौतिक संरचना निर्माणका लागि कार्याविधि तयार पारिएको हो ।

,orning glory badhai

सुख्खा बन्दरगाह क्षेत्र महाकाली नदीमा हालै मात्र निर्माण गरिएको चार लेनको पक्की पुलदेखि पश्चिम करिब १२ सय मिटरको दूरीमा छ । २०६६ दोधारा–चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माण प्रस्ताव गरिएको थियो । तर त्यहाँ ठूलो मानव बस्ती उठाउनु पर्ने भएपछि गौरीशङ्कर र मायापुरी सामुदायिक वन क्षेत्रमा परियोजना प्रस्ताव गरिएको हो ।

dirghayi clinic

यसका लागि जमिन प्राप्तिको सुनिश्चितता भएसँगै नेपाल इन्टर मोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको इआईएमा सुझाव माग समेत यसअघि नै गरिसकेको छ। यसअघि सरकारले आफ्नै लगानी र अनुभवमा निर्माण गर्ने भनिए पनि अहिले भारत सरकारको सहयोगमा तीन वर्षमा बन्दरगाह बन्ने गरी एमओयू भएर प्रक्रिया अघि बढेको छ। पहिलो चरणमा ७ र दोस्रो चरणमा ८ अर्ब गरी परियोजनाको कुल लागत १५ अर्ब रहेको छ ।

सुख्खा बन्दरगाह र आइसिपी बन्ने भएपछि सुदूरपश्चिम प्रदेशमा विकासको ढोका खुल्ने अपेक्षा गरिएको छ। सुदूरपश्चिम प्रदेशमा हुने व्यापारका लागि हाल ढुवानीका साधन नेपालगन्ज र भैरहवाबाट भित्र्याउने गरिएको छ। यो स्थान भएर तेस्रो मुकुलसँगको व्यापारको ढोका खोल्न दोधारा–चाँदनीमा पूर्वाधार निर्माणको कार्यले तीव्रता पाउनुपर्ने निजी क्षेत्रको माग छ ।

यसैबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दोधारा–चाँदनी नगरपालिकामा बन्ने सुक्खा बन्दरगाह बनाउन भारतको सहयोग रहने बताएका छन् ।

सोमबार बिहान दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बन्ने क्षेत्रको स्थलगत अनुगमन गर्दै राजदूत श्रीवास्तवले बन्दरगाह समयमै बन्ने विश्वास व्यक्त गरे । उनले सुक्खा बन्दरगाह निर्माणमा भारतले सहयोग गर्ने बताउँदै सो बन्दरगाह निर्माण भए दुवै देशलाई फाइदा हुने उल्लेख गरे ।

Himal dental
सम्बन्धित
Loading...